सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यातायात सुरक्षाबारे प्रभावकारी काम थाल्छौंः गृहमन्त्री


  •    न्युजभित्तो/२ माघ २०७९, सोमबार ११:३२ 
  • काठमाडौं,२ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यातायात सुरक्षाबारे प्रभावकारी काम थाल्ने बताएका छन्। पोखरामा आइतबार भएको विमान दुर्घटनापछि सरकारले दिएको शोक बिदाको आलोचना भइरहेका बेला गृहमन्त्री लामिछानेले आजैदेखि प्रभावकारी काम सुरु हुने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै मन्त्री लामिछानेले सार्वजनिक यातायातको सुरक्षाबारे छलफल चलिरहेको र अब आजैदेखि प्रभावकारी काम सुरु हुने बताए। यस्तै उनले घटना सेलाए पनि काम सेलाउन नदिने प्रतिबद्धता जनाएका छन्।

    उपप्रधान तथा गृहमन्त्रीको हैसियतले शोक बिदाको निर्णयप्रति आएका धारणालाई सम्मान गर्दै यस्ता सुझावहरुलाई मनन गरिने उनले बताएका छन्। उनले भनेका छन्, ‘सार्वजनिक यातायात सुरक्षा बारे छलफल गरिरहेकै थियौं। तर, अब भोलिबाटै प्रभावकारी काम सुरु हुनेछ, घटना सेलाए पनि काम सेलाउन दिन्नौं। उपप्रधान तथा गृहमन्त्रीका हैसियतले, शोक बिदाको निर्णयप्रति आएका धारणाहरुप्रति सम्मान प्रकट गर्दै आगामी दिनमा यस्ता सुझावहरुलाई मनन गरिने जानकारी गराउँदछु।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.