प्रधानमन्त्रीलाई विश्वासको मत दिनेरनदिनेबारे लोसपाले छलफल गर्दै
न्युजभित्तो/२४ पुष २०७९, आईतवार १५:५०
काठमाडौं,२४ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक बसेको छ। आज काठमाडौंमा भएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी बैठकमा अहिलेको सरकारलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे पनि छलफल हुनेछ।
कार्यकारिणी सदस्य सुरेन्द्रकुमार झाका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे पनि पार्टीले छलफल गरी धारणा बनाउनेछ।

प्रतिनिधि सभामा लोसपाका ४ जना सांसद छन्।