काठमाडौं,२४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वासको मत र प्रदेश सरकारमा बन्ने नयाँ सरकारको नेतृत्वबारे छलफल गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ। जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवका अनुसार आज शीर्ष नेताहरूको बैठक बस्ने भए पनि समय र स्थान तय नभएको बताएको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वास मत लिँदै छन्। विभिन्न प्रदेशमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समय पनि यही साता सकिँदैछ।