सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्ड प्रधानमन्त्री भएकोमा मलाई गुनासो छैन,तर नेकपा एसलाई बेवास्ता गरेकोमा चित्त दुखेको छ: माधव नेपाल


  •    न्युजभित्तो/२३ पुष २०७९, शनिबार १४:२३ 
  • काठमाडौं, २३ पुस । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रचण्ड प्रधानमन्त्री भएकोमा आफूलाई कुनै गुनासो नभए पनि नेकपा एसलाई बेवास्ता गरेकोमा चित्त दुखेको बताएका छन् । नेकपा एसनिकट नेवा मोर्चाको भेलालाई आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पहिलेको गठबन्धन भंग गरेर नयाँ गठबन्धन बनाउने सन्दर्भमा प्रचण्डबाट बेवास्ता भोग्नुपरेको बताए ।अध्यक्ष नेपालले सत्ता समिकरणको खेलमा एमालेले कांग्रेसलाई समेत धोका दिएको बताए । सरकारको लागि दावी गर्ने दिनको साढे १२ बजेपछि खेला बिग्रिएको भन्दै नेपालले देउवाले बालुवाटारको बैठकमा पहिलो चरणको प्रधानमन्त्री प्रचण्डलाई दिन सकिएन भनेपछि सबै बिग्रिएको बताए ।

    नेपालले भने(एमालेले प्रचण्डजीलाई कुनै हालतमा प्रधानमन्त्री बनाउँदैन,तपाई नै हो भनेपछि उहाँ ढुक्क भएर बस्नुभएछ । देउवाजी हिस्स बुढो खिस्स दाँत हुनुभयो लास्टमा । एमालेबाट धोका खानुभयो,त्यसबीचमा प्रचण्डजीलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने भने पनि ढिलो भएपछि केही पार लागेन ।

    नेपालले बालुवाटारबाट निस्किने बेलामा केपी ओलीसँग छलफल गरौं भनेकोमा आफूलाई बेवास्ता गरी एक्लै बालकोट गएकोमा आफ्नो आपत्ति रहेको बताए । उनले यसको गम्भीर समिक्ष हुनुपर्ने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.