सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ: मन्त्री राई


  •    न्युजभित्तो/२३ पुष २०७९, शनिबार १४:०१ 
  • काठमाडौँ, २३ पुस ।  विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो । “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ”, उहाँले भन्नुभयो । मन्त्री राईले मुलुक धनी बनाउने जिम्मा सबैको भएकाले सरकारलाई सहयोग गर्न व्यवसायीलाई आग्रहसमेत गर्नुभयो । गरिब देशको अर्थतन्त्रलाई सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

    आन्तरिक राजस्व कार्यालय न्यूरोडका प्रमुख शशि भट्टले व्यापार सङ्घले सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै आएको बताउनुभयो । उहाँले बजारमा चोरीपैठारी बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई कडाइ गरेको बताउनुभयो । कानुनी दायरामा रहेर व्यापार गर्न उहाँले व्यापारीलाई आग्रह गर्नुभयो ।

    नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मलहोत्रा अस्थिर सरकारका कारण नेपालको अर्थतन्त्रले गती लिन नसकेको बताउनुभयो । “बैंकबाट चर्को ब्याज लिएर व्यापार गर्नसक्ने अवस्था छैन, यसमा सरकारले विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । जबसम्म व्याजदर घट्दैन तबसम्म व्यापार गर्न नसक्ने उहाँको भनाइ छ ।

    हस्तकला सङ्घ बागमती प्रदेशका अध्यक्ष होमनाथ उपाध्यायले भूकम्प, नाकाबन्दी र कोरोनाका कारण थला परेको नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नयाँ सरकारले नयाँ कार्यक्रम अगाडि सार्नुपर्ने बताउनुभयो ।

    नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बैंक तथा वित्तीय संस्थाले ब्याज चर्को बनाउँदा व्यवसायी मर्कामा परेको बताउनुभयो । सरकारले नेपाली साना व्यवसायीलाई सस्तो ब्याजदरमा पैसा उपलब्ध गराउन सकेमात्र काम गर्न सकिने उहाँको भनाइ छ ।

    सङ्घका अध्यक्ष सरोजकुमार श्रेष्ठले राष्ट्रिय व्यापार सङ्घले व्यवसायीको हक, हितमा मात्र काम नगरी सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको बताउनुभयो । व्यापार सङ्घले सिन्धुपाल्चोकको सामुदायिक विद्यालयमा अध्ययनरत १० विद्यार्थीलाई निःशुल्क पढाउँदै आएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले बैंक तथा वित्तीय संस्थाले एकतर्फी ब्याज बढाउँदा व्यवसायी मारमा परेको भन्दै यसलाई तत्काल घटाउन सरकारसँग माग गर्नुभयो । बेलाबेलामा नाका बन्द हुँदा व्यवसायीले समस्या भोग्नुपरेको उहाँको भनाइ थियो ।

    सङ्घका उपाध्यक्ष रामचन्द्र पराजुली, पूर्वध्यक्षहरु नयनबहादुर पण्डित क्षेत्री, रमेशचन्द्र वादे श्रेष्ठ, सल्लाहकार प्रज्वलमान शाक्य, कृष्ण पराजुलीलगायतले व्यवसायीमैत्री वातावरण निर्माणका लागि राज्यले विशेष कदम चाल्नुपर्ने बताउनुभएको थियो । विसं २०६१ मा स्थापना भएको सङ्घमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध रहेको सङ्घका महासचिव वैकुण्ठ दाहालले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.