यो खिचडी सरकारमा हामीलाई सहभागी हुन जरुरी छैन: झलनाथ खनालले
न्युजभित्तो/१८ पुष २०७९, सोमबार १३:२७
काठमाडौँ, १८ पुस । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माग्दै नमागेको समर्थन यो सरकारलाई हामीले किन दिने भन्ने प्रश्न गरेका छन् । सरकारलाई समर्थन माग गर्दै कुनै प्रस्ताव नआएको भन्दै उनले यस्तो प्रश्न गरेका हुन् । त्यस्तै उनले भने, ‘सरकारलाई समर्थन चाहिएको हो भने पार्टीमा औपचारिक रुपमा प्रस्ताव आउनुपर्यो। माग्दै नमागेको समर्थन हामीले किन दिने ?, ‘यो खिचडी सरकारमा हामीलाई सहभागी हुन जरुरी छैन। पुसको बेलामा खिचडी खान ठीक पनि हुँदैन।” सरकारले समर्थनका लागि औपचारिक प्रस्ताव गरेमा मात्रै त्यसबारे छलफल गरेर आवश्यक निर्णय गरिने उनको भनाइ छ ।