देउवाजीले झुलाउने काम गरेर गठबन्धन टुटेको होः प्रचण्ड
न्युजभित्तो/११ पुष २०७९, सोमबार १३:४२
काठमाडौँ,११ पुस । प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेतृत्वको रवैयाका कारण पाँच दलीय सत्ता गठबन्धन टुटेको बताएका छन्।पदाधिकारी बैठकमा प्रचण्डले भने, ‘देउवाजीले झुलाउने काम मात्रै गर्नुभयो। राष्ट्रपतिले दिएको समयसीमा पनि टार्ने वातावरण देखेपछि बालकोट पुगेँ । ’ त्यस्तै प्रचण्डले पुनः भने ‘देउवाजीले झुक्याएपछि म बाहिरिएँ। बालकोट पुग्नै लाग्दा उहाँले फोन गर्नुभयो। मैले दायाँ(बायाँ हुँदै कुरा सकियो भनेँ । ’