सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति र सभामुख लिएर प्रचण्डलाई तीनवर्ष प्रधानमन्त्री दिने एमाले प्रस्ताव


  •    न्युजभित्तो/८ पुष २०७९, शुक्रबार १५:५२ 
  • काठमाडौं,८ पुस।  नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि ‘शक्ति बाँडफाँट’ गरेर जाने विषयमा लगातार छलफल भइरहेको छ । आम निर्वाचनले दिएको परिणामअनुसार पनि नयाँ सरकार गठनका विभिन्न विकल्प देखिएकाले एमालेले माओवादीसँग लगातार छलफल गरिरहेको छ । त्यसका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरुले लगातार माओवादीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । माओवादीबाट भने वर्षमान पुनले वार्ता जारी राखेको उच्च स्रोत बताउँछ । चुनावलगत्तै नेकपा एमालेका नेता विष्णु पौडेलले दाहाल निवास पुगेर प्रचण्डसँग छलफल गरेका थिए ।

    त्यसपछि रघुबीर महासेठ, सुवास नेम्वाङ र योगेश भट्टराईले पनि माओवादीका अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेटेको स्रोतले जानकारी दियो । “राष्ट्रपति र सभामुख लिएर तीनवर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका नेताहरु तयार हुनुभएको छ,” माओवादी उच्च स्रोतले कुराकानी गर्दै भन्यो, “प्रचण्डले सकेसम्म यही गठबन्धन जोगाएर पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्छ भन्नुभएको छ ।” 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.