सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिलो पालोमा प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छः जनार्दन शर्मा


  •    न्युजभित्तो/७ पुष २०७९, बिहीबार १५:२२ 
  • काठमाडौं,७ पुस ।  अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पहिलो पालोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् । सांसदको शपथ लिन संसद भवन नयाँ बानेश्वर पुगेका शर्माले गठबन्धन बैठकमा सल्लाह गरेरै प्रधानमन्त्री तय गरिने बताए । शर्माले रूकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका हुन् । ‘पहिलो पालोमा प्रचण्ड प्रधानमन्त्री बन्दा उपयुक्त हुन्छ भन्ने मेरो सल्लाह छ’, उनले भने ।

    एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएर अस्पतालमा रहेको र उनी डिष्चार्ज भएपछि गठबन्धनको बैठक बसेर प्रधानमन्त्रीको विषयमा निर्णय हुने शर्माले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकै समयमा गठबन्धनकोतर्फबाट प्रधानमन्त्रीको दाबी पेश हुने उनले बताए । राष्ट्रपतिले पुस १० गतेभित्र प्रधानमन्त्रीको नाम सिफारिस गर्न आह्वान गरेकी छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.