सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरकी मेयर दाहालद्धारा यातायात कार्यालयको अनुगमन


  •    न्युजभित्तो/६ पुष २०७९, बुधबार १५:०६ 
  • चितवन,६ पुस ।  भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले दुई महिनाभित्र भरतपुरबाट नयाँ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने बताउनुभएको छ । बुधबार गेष्ठ हाउसचौर नजिकको भवनमा स्थान्तरण हुन लागेको यातायात व्यवस्था कार्यालय भरतपुरको अनुगमन एवम् निरीक्षण गर्दै उहाँले दुई महिनाभित्र ट्रायलसहितको नयाँ लाईसेन्स वितरण हुने उल्लेख गर्नुभयो । ४ वर्षअघिदेखि भरतपुरमा सबै सुविधासहितको यातायात कार्यालय ल्याउने कार्यको थालनी गरेको स्मरण गर्दै उहाँले अबको २ महिनाभित्र यातायातका सम्पूर्ण सुविधा भरतपुरबाटै पाइने बताउनुभयो ।

    ‘चितवनबासी मात्र नभई छिमेकी जिल्लाका सेवाग्राहीलाई सेवा लिन सहज हुनेछ,उहाँले भन्नुभयो,‘देशको केन्द्र भागमा भरतपुर रहेकाले धेरैले सेवा लिनु हुनेछ । यहाँको आर्थिक क्रियाकलाप पनि वृद्धि भएर जानेछ ।चितवनवासीको लागि गर्वको विषय हो ।’

    कार्यालयको सेवा सञ्चालनको लागि आवश्यक अस्थाई संरचना निर्माण गर्न महानगरपालिका सकारात्मक रहेको मेयर दाहालको भनाई छ । कार्यालयले नयाँ लाईसेन्स वितरण छिटोभन्दा छिटो गर्ने उद्देश्यसहित प्राविधिक कार्यालयलाई तीब्र रुपमा अघि बढाइरहेको छ । यातायात व्यवस्था कार्यालयको आफ्नै स्वमित्वमा हुने गरी कार्यालय भवन निर्माण गर्न महानगरपालिकाले भरतपुर–११ आँपटारीमा रहेको सार्वजनिक जग्गालाई भोगाधिकारी लिने गरी आवश्यक प्रकृया पनि बढाईसकेको छ । नेपाल सरकारको मन्त्रीपरिषदको निर्णयपछि यो विषय टुङ्गो लगाउने छ ।
    यसअघि चितवनबासीहरु लाईसन्स लिनको लागि काठमाडौँ, पोखरा, बुटवल, हेटौडा र बीरगञ्ज जानुपर्ने बाध्यता थियो ।

    भरतपुरमा नयाँ लाईसेन्स वितरण गर्न ट्रायल सेन्टर छनोट हुने कार्य पनि अन्तिम चरणमा पुगेको छ । अन्तिम दुईमा भरतपुरका महालक्ष्मी ट्रायल सेन्टर र सद्गुरु ट्रायल सेन्टर छनोट भएका थिए । अब १५ दिनभित्र ट्रायल सेन्टरको पनि टुङ्गो लाग्ने यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख कालीबहादुर भुजेलले जानकारी दिनुभयो ।

    यस्तै लाइसेन्सको ट्रायल दिन आउनेहरुको स्वास्थ्य परिक्षणका लागि सूचिकृत हुन मेडिकल संस्थाहरुलाई १५ दिने सूचनाबाट आह्वान गरिएको कार्यालयको प्रमुख भुजेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.