सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामचन्द्र पौडेललाई जापानले आज सम्मान गर्दै


  •    न्युजभित्तो/२९ मंसिर २०७९, बिहीबार १५:४१ 
  • काठमाडौं, २९ मंसिर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज सम्मान गर्दैछ ।

    आज विहीबार अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने भएको हो ।

    नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।

    तर कोरोना महामारीका कारण सम्मान कार्यक्रम स्थगित गरिएको थियो । नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई आज उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्न लागेको हो ।

    पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने छन् । पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए ।

    नेता पौडेलले हिजो बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई आज हुने उक्त सम्मान कार्यक्रमको निम्तो दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.