सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनता, नीति निर्माण र विकासका विषयलाई प्राथमिकता दिनुपर्छ : सचिव अर्याल


  •    न्युजभित्तो/२६ मंसिर २०७९, सोमबार १३:३८ 
  • काठमाडौँ,२६ मंसिर।  राष्ट्रिय समाचार समिति (रासस) ले संसदमा रिपोर्टिङ गर्ने समाचारदाताको क्षमता विकास गर्ने उद्देश्यले आज यहाँ ‘संसदीय समाचार सङ्कलन प्रशिक्षण’ कार्यक्रमको आयोजना गरेको छ । सो प्रशिक्षणको उद्घाटन गर्दै सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले राससले आफ्नो सेवासागै प्राविधिक पक्षलाई पनि अझै बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

    उहाँले जनताको दैनिकी, नीति निर्माण र विकाससँग जोडिएका विषयभन्दा पनि कहिलेकाँही सामान्य विषयहरु बढी मात्रामा आउने गरेको टिप्पणी गर्नुभयो । सचिव अर्यालले भन्नुभयो, “संसदमा जनप्रतिनिधिले बोलेका विषयलाई जस्ताको तस्तै दिनुपर्छ, ती विषयलाई धोरै विश्लेषणसहित आम पाठकलाई बुझाउन सक्नुपर्छ, समाचार एक पक्षीय हुनु हुँदैन ।”

    राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले संसदीय रिपोर्टिङ लोकतन्त्रसँग जोडिएको हुँदा संसदमा जाने समाचारदाताले कुनै पनि विचार वा आस्थाभन्दा टाढा रहेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । राससका महाप्रबन्धक सिद्धराज राईले कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यले राससले श्रव्यदृश्य, निर्वाचन र संसदीय मामिला लगायतका समसामयिक विषयमा प्रशिक्षण दिँदै आएको जानकारी दिनुभयो ।

    उहाँले राससको समाचारको गुणस्तर र प्रशासनिक सुधार गर्दै राससले २४ घण्टे सेवा सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो । राससले निर्वाचनको समयमा परिक्षणको रुपमा एक हप्तासम्म २४ घण्टे सेवा सञ्चालन गरेको थियो । राससले गत साउन १ गतेदखि औपचारिकरुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । राससको समाचार सामग्रीमा विविधिकरण ल्याउने उद्देश्यले परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरिएको हो ।

    एक दिवसीय प्रशिक्षणमा इकागज अनलाईन न्यूज पोर्टलका प्रधान सम्पादक हरिबहादुर थापाले ‘संसदीय समाचार सङ्कलनमा सञ्चारकर्मीको भूमिका र चुनौती’, संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले ‘संसद सञ्चालन प्रक्रिया र प्रेस’ र राससका प्रधानसम्पादक एकराज पाठकले ‘संसदीय समाचार सङ्कलनःसम्पादन शाखाका अपेक्षा’ विषयमा प्रशिक्षण दिनुहुने छ । त्यसैगरी राससका प्रमुख समाचारदाता उत्तम सिल्वालले ‘संसदीय समाचार सङ्कलन’ र उपप्रमुख समाचारदाता नारायण न्यौपानेले ‘संसदीय समाचार सङ्कलनः अभ्यास र अनुभव’ विषयमा प्रशिक्षण दिनुहुने छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.