सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ सरकारको प्राथमिकता आर्थिक विकास रहेको छ : गृहमन्त्री खाण


  •    न्युजभित्तो/२३ मंसिर २०७९, शुक्रबार १६:४१ 
  • भैरहवा,२३ मंसिर।  गृहमन्त्री बालकृष्ण खाणले नया बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताएका छन् ।

    भैरहवामा आजदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै मन्त्री खाणले यो सरकारले उद्योगी व्यवसायीको विषयलाई गम्भीरताका साथ लिएको बताउँदै नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई अझै चलायमान बनाएर यो क्षेत्रको विकास गर्नु हो भने ।

    गृहमन्त्री खाणले सिद्धार्थमण्डपको व्यवस्थापन नगरपालिकाले गरे बजेट व्यवस्थापन सरकारले गर्ने आश्वासन दिएका छन् । सिद्धार्थनगरको सुखदुःखमा साथ रहने प्रतिबद्धतासँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक विकासको केन्द्र बन्ने खाणको भनाइ छ । भविष्यमा विमानस्थलले आम नागरिकको जीवनमा परिवर्तन ल्याउने उनको अपेक्षा थियो ।

    कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेले अप्ठयारो परिस्थितिमा पनि आशा नमरेको बताए । “आशा मरेको छैन यसैभित्र सम्भावनाको खोजीमा निजी क्षेत्र रहेको छ ।” उनले भने, “यसको लागि सही सरकारी नीति, निजी क्षेत्र मैत्रीय बनाउनुका साथै अब आर्थिक क्रान्तिका बारेमा बहस गर्न जरुरी छ ।”

    ‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराकासाथ भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव आजदेखि सुरु भएको छ ।

    सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ४ गतेसम्म हुने मेलामा स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाको उपभोगप्रति उपभोक्तालाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानबीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्तालाई जानकारी दिने सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

    विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीले भाग लिने लुम्बिनी महोत्सव २०७९ मा दुई सय ५० स्टल रहेको छ । मेलामा आउने दर्शकलाई लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने प्रचारप्रसार समिति संयोजक कृष्णप्रसाद घिमिरेले बताए ।

    करिब दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करिब रु १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको घिमिरेले बताए । यसले महोत्सबाट थप अर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ । भैरहवाको अञ्चलपुरमा सञ्चालन गरिने मेलाको प्रवेश शुल्क रु ५० तोकिएका छ । विद्यार्थीसँग रु ३० मात्र शुल्क लिने आयोजकले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.