सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला हिसा गर्नु जघन्य अपराध : उपप्रमुख अधिकारी


  •    न्युजभित्तो/२१ मंसिर २०७९, बुधबार १६:१४ 
  • भरतपुर,२१ मंसिर।  भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले महिला हिसा गर्नु जघन्य अपराध भएको बताउनु भएको छ । महिला माथी गरिने हिसा सामान्य हिसा होईन उप प्रमुखले भन्नू भयो,महिला हिसा मात्रै नभई समाजमा हुने सबै खाले हिसाहरुको अन्त्य हुनु पर्नेमा उहाँको जोड रहेको छ ।

    लैगिक हिसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा चेली नेपालको आयोजना तथा आफन्त नेपाल र महिला शसक्तिकरण तथा परिवर्तनशिल सस्था नेपालको सहकार्यमा बुधबार भरतपुरमा भएको कानुनी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको उद्वघाटन गर्दै नगर उप प्रमुख अधिकारीले भन्नू भयो,

    गरिबी, मद्यपान, वा अन्य कारणहरुले लैंगिक हिंसा हुने चित्रण हुँदै आएको भएतापनि यसको मुख्य कारण भनेको महिलाको पहिचान, शरीर र श्रममाथि आफ्नो नियन्त्रण नहुनु नै हो ।बढ्दो रुपमा घट्ने गरेका लैंगिक हिंसाका घटनाहरुले हिंसा प्रभावितहरुको स्वास्थ्य, सुरक्षा, गुणस्तरीय जीवन बाँच्न पाउने अधिकारलाई खण्डित गरिरहेको उहाँको टिप्पणी छ ।

    महिला र पुरुष बीच स्थापित असमान शक्ति सम्बन्ध, हानिकारक परम्परा, र महिलाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा सम्म महिला हिंसाका घटनामा कमी आउने देखिँदैन । त्यसैले सरकारको योजना, कार्यक्रम र नीतिहरुमा लैंगिक समानताको प्राथमिकिकरण गर्नुका साथै हरेक घरमा पुग्ने गरि सामाजिक रुपान्तरणको अभियान संचालन नभए सम्म लैंगिक समानता हासिल गर्न र लैंगिक हिंसाको अन्त्य गर्न सकिँदैन उप प्रमुखको भनाइ छ ।

    कार्यक्रममा अधिबक्ता फुलमाया रानाभाटले प्रशिक्षण दिनु भएको छ ।सस्थाले मानव बेचबिखन तथा लैगिक हिसा प्रभावित र त्यसको जोखिममा रहेका चेलीहरुको सीप बिकास तथा शसक्तिकरण, शिक्षा बिकास, ब्यबसाय सहयोग र विभिन्न चेतनामूलक कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ ।

    यसका अलवा सस्थाले भरतपुर ५ मा आवासीय तालिम केन्द्र सन्चालन गरि सिलाइ कटाई, लेडिज तथा जेन्ट्स ब्युटिसियन,फास्टफुड, सामाजिक नेतृत्व बिकास लगाएतका विभिन्न तालिमहरु पनि सन्चालन गरिरहेको छ ।मसिर ९ देखि शुरु भएको लैगिक हिसा विरुद्धको १६ दिने अभियान २४ गते सकिदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.