सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समानुपातिकमा एमालेको अग्रता कायमै


  •    न्युजभित्तो/२० मंसिर २०७९, मंगलवार १३:३५ 
  • काठमाडौँ, २० मंसिर ।  प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा(माओवादी केन्द्र) ले ११ लाख ६७ हजार तीन सय ९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २६ हजार ७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८७ हजार पाँच सय ५६ मत प्राप्त गरेका छन् । साथै, जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार २३,६९, जनमत पार्टीले तीन लाख ९४ हजार पाँच सय ६१, नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई लाख ९६ हजार पाँच सय ७१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ९६ र र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार तीन सय १५ मत प्राप्त गरेका छन् ।

    प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले छ लाख ६५ हजार चार सय ६०, कांग्रेसले पाँच लाख ६२ हजार नौ सय ५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९८ हजार पाँच सय ११,माओवादी केन्द्रले एक लाख ८१ हजार दुई सय ४५ र जनता समाजवादी पार्टी, नेपालले ६१ हजार सात सय २३ मत प्राप्त गरेका छन् ।

    मधेस प्रदेशमा कांग्रेसले चार लाख एक सय ४४, एमालेले तीन लाख ५१ हजार सात सय ६८, जनता समाजवादी पार्टी नेपालले दुई लाख ९८ हजार सात सय ७४, जनमत पार्टीले तीन लाख २९ हजार एक सय ७७ र माओवादी केन्द्रले एक लाख ८० हजार आठ सय ६० मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) एक लाख १३ हजार नौ सय १५ मत प्राप्त गरेका छन् ।

    बाग्मती प्रदेशमा एमालेले पाँच लाख ६२ हजार छ सय ७५, कांग्रेसले चार लाख ७१ हजार नौ सय ६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७२ हजार ८९, माओवादी केन्द्रले दुई लाख ७० हजार तीन सय ७२ र नेपाल मजदूर किसान पार्टीले ६८ हजार छ सय ५४ मत प्राप्त गरेका छन् ।

    गण्डकी प्रदेशमा एमालेले तीन लाख ६७ हजार नौ सय ८९, कांग्रेसले तीन लाख ४९ हजार छ सय २८, माओवादी केन्द्रले एक लाख १६ हजार नौ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५९ हजार चार सय ८३ र नेकपा (एकीकृत समाजवादी) १५ हजार ७६ मत प्राप्त गरेका छन् ।

    लुम्बिनी प्रदेशमा एमालेले पाँच लाख ७० हजार नौ सय, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेका छन् ।

    कर्णाली प्रदेशमा एमालले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माआवादीेले एक लाख ३७ हजार छ सय २९, नेकपा (एकीकृत समाजवादी) ले १५ हजार आठ सय ६८, राप्रपाले सात हजार नौसय ५१, नेकपा (एकीकृत समाजवादी) ३५ हजार, आठ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टी २५ हजार एक सय ८६ र नेपाल मजदूर किसान पार्टी आठ हजार नौ सय ९३ मत प्राप्त गरेका छन् ।

    सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ६३ हजार १७, कांग्रेसले दुई लाख ५८ हजार आठ सय २७, माओवादी केन्द्रले एक लाख २० हजार एक सय ५९, राप्रपाले ४३ हजार एक ४२ र नागरिक उन्मुक्ति पार्टीले ९८ हजार पाँच सय ५७ मत प्राप्त गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.