सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा एमाले सरकारमा जाँदैन, प्रतिपक्षमा बस्छ: उपाध्यक्ष पौडेल


  •    न्युजभित्तो/२० मंसिर २०७९, मंगलवार १३:३० 
  • काठमाडौं,२० मंसिर।  निर्वाचनको नतिजा छ्यासमिस आएसँगै नयाँ सरकार गठनबारे विभिन्न कोणबाट विश्लेषण भइरहेका छन् । एउटै राजनीतिक पार्टीको स्पष्ट बहुमत नआएपछि हालकै सत्ता गठबन्धनले नयाँ सरकार बनाउने बताइरहेका छन् भने कतिपयले कांग्रेस एमाले मिलेर पनि सरकार बनाउन सक्ने सम्भावनालाई औँल्याइरहेका छन् । उनीहरुले तेस्रो विकल्पका रुपमा नेकपा एमालेले वाम पार्टीलाई साथ लिएर सरकार गठनका लागि पहल गरिरहेको समेत बताएका छन् । तर, नेकपा एमालेले अरूलाई समर्थन गरेर सरकार बनाउने, एमालेकै नेतृत्वमा सरकार बनाउने भनेर बाहिर आएका चर्चाप्रति कुनै सत्यता नरहेको नेकपा एमालेका एक शीर्ष नेताले दावी गरेका छन् ।

    एमालेका उपाध्यक्ष समेत रहेका नेता विष्णु पौडेल अहिले जनताले दिएको जनादेश एमाले सरकारमा जान नभएर प्रतिपक्षमा बस्न भएको बताउँछन् । ‘अहिले नेकपा एमाले सरकारमा जाँदैन, यसमा प्रस्ट भए हुन्छ कि एमाले प्रतिपक्षमा बस्छ’, उपाध्यक्ष पौडेलले भने, ‘एमालेलाई प्रतिपक्षमा बस्न भनेर जनमत आएको हो ।’

    उनले एमाले सरकारमा जाने र सरकार बनाउन पहल समेत गरिरहेको भनेर गरिएका प्रचारबाजीमा सत्यता नरहेको स्पष्ट पारे । ‘हामीले त्यस्तो पहल पनि गरेका छनौँ र अहिले गर्दैनौ पनि । हामी अहिले बन्ने कुनैपनि सरकारमा जाँदैनौ, प्रतिपक्षमै बस्छौ’, उपाध्यक्ष पौडेलले भने, ‘प्रतिपक्षको भुमिका भनेको गुण दोषका आधारमा समर्थन र विरोध गर्ने नीति हो ।’

    उनले कसैलाई समर्थन समेत नगर्ने स्पष्ट पारे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.