प्रचण्डलाई नीर शाह र भुवन केसीले दिए चुनावी जितको बधाई
न्युजभित्तो/२० मंसिर २०७९, मंगलवार १३:२५
काठमाडौं,२० मंसिर। कलाकार नीर शाह र भुवन केसीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनावको जितका लागि बधाई दिएका छन् । प्रचण्डका नाति नाता पर्ने सुशान्त दाहालको बिहेभोजमा कलाकार शाह र केसीसंग प्रचण्ड अनौपचारिक कुराकानी गर्दे बधाई दिएका हुन् ।
भोजमा शम्भुजित बाँस्कोटा, प्रमोद खरेल, चेतन सापकोटादेखि कृष्ण मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, शिव श्रेष्ठ लगायत पछिल्लो छिमलका कलाकारको बाक्लो उपस्थिति थियो । प्रचण्ड र कलाकारबीच बेलाबेलामा भेटघाट भइरहन्छ । उनले पारिवारिक कार्यक्रममा समेत कलाकारलाई निम्तो दिने गरेका छन् । राजनीतिक व्यस्तताबाट फुर्सद निकालेर अध्यक्ष दाहालले कलाकारसँग संस्कृति, फिल्म, गायनको विषयमा कुराकानी गर्ने गरेका छन् ।