सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रविले सुरु गरे चितवनमा श्रमदान अभियान


  •    न्युजभित्तो/१४ मंसिर २०७९, बुधबार १६:५१ 
  • चितवन, १४  मंसिर। भर्खरै सम्पन्न आमनिर्वाचनमा विजयी भएका कतिपय उम्मेदवारहरु बधाई खानमै व्यस्त छन् । तर चितवन क्षेत्र नं.२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाछिाने भने निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेलगत्तै जनताका स–साना समस्या समाधान गर्नतर्फ अग्रसर भएका छन् । उनले चितवनमा श्रमदान अभियानको सुरुवात गरेका छन् । भरतपुर महानगरपालिका–१ अन्तरगत पर्ने रामनगरका बासिन्दा शुद्ध पानी पिउन नपाएको वर्षौ भइसक्यो । सहज रुपमा पानी खान नपाएको समस्या थाहा पाएपछि सांसद लामिछाने त्यहाँको अवस्था बुझ्न मंगलबार रामनगरमा खानेपानी व्यवस्थापनका प्रतिनिधि र स्थानीयहरुसंग छलफल गरे । लगत्तै उनले आजदेखि श्रमदान अभियान सुरु गरे ।

    रामनगरस्थित नारायणगढ–मुग्लिन सडक खण्ड छेउमै रहेको पुरानो पानी टंकी वरपर बुधबार सरसफाई गरिएको छ । सांसद लामिछाने आफै फिल्डमा उत्रिदै अभियानलाई अगाडि बढाएका थिए । झाडी फाड्दै गरेका लामिछानेले भने–‘मैले जनताको काम गर्छु भनेर राजनीतिमा होमिएको हुँ, त्यसैले जनताको समस्या समाधान गर्न फिल्डमा उत्रिएको हुँ ।’

    कतिपयले लामिछानेले नीति निर्माण तहमा रहेर काम गर्नुपर्ने भन्दै उनको यस खाले कार्यको विरोध पनि गरिहेका छन् । तर लामिछाने भने त्यो विरोधको कुनै तुक नरहेको बताउँछन् । ‘मेरो जिम्मेवारी के हो भन्ने कुरा मलाई सबै थाहा छ, म नीति निर्माणको तहमा सोही अनुसार भूमिका खेल्छु, बाँकी समयमा जनताको समस्या समाधान गर्न फिल्डमै उत्रिन्छु । नेताहरुले त्यही सामान्य जनताका काम नगरेकाले नै आज म यहाँ आइपुगेको छु’–लामिछानेले भने ।

    वि.सं.२०४९ साल चैत महिनामा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुवात भएको थियो । त्यसबेला रामपुरमा ४ वटा पानी टंकी निर्माण गरिएको थियो । जुगेडीबाट पानी त्यस स्थानमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो । द्धन्द्धकालपछि धेरै संरचनाहरु नष्ट भएपछि खानेपानी टंकी क्षेत्र झाडीमा परिणत भएको थियो । अहिले सोही ठाउँमा सरसफाई गर्दै लामिछानेले रामनगरबासीलाई खानेपानी खुवाउन प्रयत्न गरेका हुन् । बुधबार पानी टंकी वरपर सबै सरसफाई गरिएको छ भने जुगेडीमाथि डाडामा रहेको खानेपानीको मुहान समेत सरसफाई गरिएको छ । मुहान सरसफाईमा शसस्त्र प्रहरी बलको टोलीले समेत श्रमदान गरेको छ ।

    पानी टंकी क्षेत्रको सरसफाईमा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । स्थानीय सीता भट्टले वर्षौदेखि खानेपानीको समस्या भोग्दै आइरहेकाले सांसद लामिछानेले पानी खुवाउने प्रतिवद्धता जनाएकाले श्रमदान गर्न पुगेको बताइन् । ‘अहिले हामी नगरबासीको मुख्य समस्या नै पानीकै छ, इनारको पानी खान बाध्य छौं’–भट्टले गुनासो गरिन् ।

    भट्ट जस्तै यहाँका बासिन्दाहरु पानीको समस्या भोग्दै आइरहेका छन् । खानेपानी त आउँछ त प्रयाप्त नआउँदा सहज रुपमा पानी उपभोग गर्न पाइरहेका छैनन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.