सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा समानुपातिकतर्फ स्वतन्त्र पार्टी पहिलो


  •    न्युजभित्तो/११ मंसिर २०७९, आईतवार १०:५४ 
  • चितवन, ११ मंसिर।  मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा चितवनका तीन प्रतिनिधि सभा क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजय हात पार्‍यो । प्रत्यक्षमा साना दलसँग निरिह देखिएका ठूला दल समानुपातिकतर्फ पनि कमजोर देखिएका छन् ।

    जिल्लामा समानुपातिक मत सबैभन्दा धेरै स्वतन्त्र पार्टीले पाएको छ । एमाले दोस्रो स्थानमा छ भने कांग्रेस तेस्रो स्थानमा रहेको छ ।जिल्लामा कुल खसेको समानुपातिक मतको ३६ प्रतिशत मत पाएर स्वतन्त्र पार्टी पहिलो पार्टी बनेको हो । समानुपातिकमा एमालेले २० प्रतिशत, कांग्रेसले १४ प्रतिशत, माओवादीले केन्द्रले ११ प्रतिशत, राप्रपाले ९ प्रतिशत र एकीकृत समाजवादीले २ प्रतिशत मत पाएका छन्। निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ९९ हजार ३७ मत पाउँदा नेकपा एमालेले ५५ हजार ३१२, नेपाली कांग्रेसले ३९ हजार १३०, माओवादी केन्द्रले २९ हजपार ४६१, राप्रपाले २५ हजार ५५ र नेकपा एकीकृत समाजवादीले ४ हजार ९०६ मत प्राप्त गरेका छन् ।

    क्षेत्रगत रुपमा हेर्दा चितवन १ मा ९५ हजार ३९९ मत गणना हुँदा स्वतन्त्र पार्टीले ३४ हजार ६९१ मत प्राप्त गरेको छ। नेकपा एमालेले २४ हजार छ, नेपाली कांग्रेसले १६ हजार ६९५, नेकपा माओवादी केन्द्रले ४ हजार ९६५, राप्रपाले ५ हजार ८२ र नेकपा एकीकृत समाजवादीले ३ हजार ५१८ मत प्राप्त गरेका छन्।

    चितवन २ मा ८२ हजार ९३४ मत गणना हुँदा स्वतन्त्र पार्टीले ३५ हजार ९४५ मत प्राप्त गरेको छ। नेकपा एमालेले १६ हजार ७८४, नेपाली कांग्रेसले ११ हजार ९१४, नेकपा माओवादी केन्द्रले ८ हजार ४०७, राप्रपाले ३ हजार २१८ र नेकपा एकीकृत समाजवादीले ६१६ मत प्राप्त गरेका छन्।

    चितवन ३ मा ९४ हजार २८० मत गणना हुँदा स्वतन्त्र पार्टीले २८ हजार ४०१ मत प्राप्त गरेको छ। राप्रपाले १६ हजार ७५५, नेकपा एमालेले १४ हजार ५२२, नेपाली कांग्रेसले १० हजार ५२१, नेकपा माओवादी केन्द्रले १६ हजार ८९ र एकीकृत समाजवादीले १ हजार ८५ मत पाएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.