सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन ३ मा राप्रपाका पाण्डे र ३ (ख) मा माओवादीका ढकाल विजयी


  •    न्युजभित्तो/१० मंसिर २०७९, शनिबार १०:११ 
  • चितवन, १० मंसिर । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित भएका छन् । शुक्रबार राति सार्वजनिक मतपरिणाम अनुसार पाण्डे ९ हजार २३३ मतान्तरले निर्वाचित भएका हुन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका डा भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरे ।

    राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत ल्याएर तेस्रो स्थानमा पुगिन् भने नेपाली कांग्रेसबाट कारबाही भोगेका दिनेश कोइराला १२ हजार २७५ मतका साथ चौँथो स्थानमा पुगे । माछा चिह्न लिएर स्वतन्त्र उमेदवारी दिएका कोइराला पश्चिम क्षेत्रमा पुगेपछि निरन्तर पछाडि रहे ।

    यसैगरी प्रदेश सभा क्षेत्र नं ३ (ख) बाट नेकपा माओवादी केन्द्रका नेता ठाकुर ढकाल निर्वाचित भएका छन् । ढकालले ८४६ मतले राप्रपाकी रिना गुरुङलाई पराजित गरेका हुन् ।

    यस क्षेत्रमा ४४ हजार ६८ मत गणना गर्दा ढकालले १५ हजार ४६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी राप्रपाकी गुरुङले १४ हजार ६१५ मत पाइन् । नेकपा एमालेकी सरस्वती विष्ट १० हजार १२४ मतका साथ तेस्रो स्थानमा पुगिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.