सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँः सभापति रवि लामिछाने


  •    न्युजभित्तो/९ मंसिर २०७९, शुक्रबार १६:०५ 
  • चितवन,९ मंसिर।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताउनुभयो । समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निर्वाचित सांसद फरक फरक पार्टीको भए पनि एउटै कित्तामा छौँ ।” जनजीविकाको मुद्दामा एकै ठाउँमा उभिएर सहकार्य गर्न आफू तयार रहेको उहाँले बताउनुभयो ।

    निर्वाचनमा आफ्नो पार्टीले कसैसँगै गठबन्धन नगरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देश हितका लागि, नागरिकका लागि आवश्यक चिजमा गठबन्धन आवश्यक परे खुलेर साथमा हुनेछौँ ।” कार्यक्रममा चितवन क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र २ (२) बाट निर्वाचित उत्तम जोशीले देश तथा जनताको पक्षमा आफूहरु निरन्तर लाग्ने बताउनुभयो । सो अवसरमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले प्रमाणपत्र वितरण गर्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.