सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन क्षेत्र नं २ : रवि लामिछानेको अग्रता कायमै


  •    न्युजभित्तो/६ मंसिर २०७९, मंगलवार १६:४९ 
  • चितवन,६ मंसिर। चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिएका हुन् ।

    अध्यक्ष लामिछानेले चार हजार सात मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले तीन हजार आठ सय ७९ मत ल्याएका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले तीन हजार चार सय १० मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ ।

    जिल्लाका तीनै निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले छ हजार दुई सय ६७ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले पाँच हजार तीन सय ९९ मत प्राप्त गरेका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार दुई सय ९५ मत प्राप्त गरेका छन् ।

    क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन् । उनले चार हजार सात सय ७४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले चार हजार मत प्राप्त गरेका छन् । गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा. भोजराज अधिकारीले तीन हजार आठ सय २७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले तीन हजार एक सय ७५ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.