सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समानुपातिकमा एमालेले कटायो एक लाख मत, काँग्रेस दोस्रो


  •    न्युजभित्तो/६ मंसिर २०७९, मंगलवार १६:३३ 
  • काठमाडौं,६ मंसिर। नेकपा एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा एक लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म एमालेले १ लाख १ हजार ६६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ८७ हजार २२५ मत प्राप्त गरेको छ।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ४६ हजार ३५२ मतसहित तेस्रो स्थानमा रहेको छ। चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३८ हजार २८८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार ९९८ मत ल्याएको छ।

    योसँगै प्रदेश एक, बागमती र गण्डकी प्रदेशतर्फको समानुपातिकमा पनि एमाले अगाडि रहेको छ। मधेस प्रदेश र बागमती प्रदेशमा काँग्रेस अगाडि रहँदा कर्णाली प्रदेशमा भने नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।

    समानुपातिक तर्फ प्रतिनिधिसभामा ११० र सातै प्रदेशमा गरी २ सय २० सिट रहेको छ।

    आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये १४३ क्षेत्रमा मतगणना जारी रहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.