सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री देउवाद्वारा एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगमा ध्यान दिन आग्रह


  •    न्युजभित्तो/२ मंसिर २०७९, शुक्रबार १५:१३ 
  • काठमाडौँ,२ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगप्रति विशेष ध्यान दिन सबैमा अनुरोध गरेका छन् । एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गर्दै उनले एन्टिमाइक्रोबियल रेजिस्टेन्स न्यूनीकरणका लागि सबै वर्ग र समुदायमा सङ्क्रमण रोकथाम तथा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोगको व्यापक चेतना वृद्धि गर्न अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री देउवाले कुनै एक क्षेत्रको पहलबाट मात्रै यस बहुआयामिक समस्याको समाधान हुन नसक्ने हुँदा मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य, वातावरणलगायत ‘एक स्वास्थ्य’ अवधारणाका सम्पूर्ण सरोकारवाला निकायमा यसलाई महत्वपूर्ण मुद्दाका रुपमा प्राथमिकीकरण गरी ठोस कार्ययोजना निर्माण गर्न आह्वान गरेका छन् ।

    संयुक्त राष्ट्र सङ्घ अन्तर्गतका विश्व स्वास्थ्य सङ्गठन, खाद्य तथा कृषि सङ्गठन, विश्व पशु स्वास्थ्य सङ्गठन र हालै यस त्रिपक्षीय सहमतिमा संलग्न भएको संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम समेतको एकीकृत आह्वानमा विश्वभरि नै हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म एन्टिमाइक्रोबियल सचेतना सप्ताह मनाउँदै आएको छ । यस वर्ष पनि नेपालमा पनि विभिन्न सचेतनामूलक र प्रवार्द्दनात्मक कार्यक्रमको आयोजना गरी यो सप्ताह मनाईंदैछ ।

    कोभिड –१९ जस्तै एन्टिमाइक्रोबियल रेजिस्टेन्सले पनि हालका दिनमा विस्तारै महामारीको रूप लिँदै गएको र यसले आधुनिक चिकित्साशास्त्रका हालसम्मका उपलब्धिमा ठुलो चुनौती सिर्जना हुने जोखिम रहेको उनले बताएका छन् ।

    सङ्क्रमणको रोकथाम तथा उपचारमा प्रयोग हुने एन्टिमाइक्रोबियल औषधिको अनुचित प्रयोगका साथै व्यवसायिक कृषिमा गरिने एन्टिमाइक्रोबियलको प्रयोग र त्यसबाट वातावरणमा निस्किने अवशेषले धेरै रोगका सुक्ष्म जीवाणुमा प्रतिरोध (रेजिस्टेन्स) क्षमता विकास भइरहेको छ ।

    यसका कारण अधिकांश एन्टिमाइक्रोबियल औषधिको प्रभाव कम हुँदै गएकाले मानिसमा हुने सामान्यदेखि गम्भीर प्रकृतिका सङ्क्रमणको उपचारमा व्यवधान सिर्जना भएको उहाँले उल्लेख गर्नुभएको छ । मानिस, पशुपक्षी र वातावरणबीच हुने अन्तरसम्बन्ध प्रणालीमा जीवाणुको आदान प्रदानद्वारा सिर्जित एन्टिमाइक्रोबियल रेजिस्टेन्स मानव जातिका साथै समग्र विश्वका लागि चुनौतीका रुपमा देखापरेको छ ।

    सदस्य राष्ट्रको हैसियतले नेपालले संयुक्त राष्ट्र महासभाको सन् २०१६ को विशेष राजनीतिक घोषणामा आफ्नो प्रतिबद्धता जाहेर गर्दै ‘एक स्वास्थ्य’ अवधारणाअनुरुप सबै क्षेत्रबाट एन्टिमाइक्रोबियल सचेतनाका लागि आवश्यक पैरवी गर्दै आएको छ ।

    प्रधानमन्त्री देउवाले एन्टिमाइक्रोबियल रेजिस्टेन्स विरुद्धको यो सचेतनामूलक अभियानमा सम्पूर्ण नेपालीका साथै सरोकारवाला निकायलाई एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगप्रति विशेष ध्यान दिन हार्दिक अनुरोध गर्दै विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.