सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डलाई एमालेमा गम लगाएर टाँसेको थिएँ, पक्लक्क उप्किएः केपी ओली


  •    न्युजभित्तो/१ मंसिर २०७९, बिहीबार १६:२९ 
  • झापा,१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण बामपन्थी शक्ति कमजोर बनेको आरोप लगाउनु भएको छ ।बिहीबार झापा क्षेत्र नम्बर १ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बामपन्थी शक्तिलाई बलियो बनाउन आफूले प्रचण्डसँग सहकार्य गरे पनि उनले धोका दिएको आरोप लगाउनु भएको हो ।

    ‘माओवादीलाई जोरजाम गरेर एमालेमा गम लगाएर टाँसेको थिएँ । प्रचण्ड पक्लक्क उक्किए । प्रचण्ड उक्किए पनि थुप्रै माओवादी साथीहरू एमालेमै रहे । उनीहरूलाई म धन्यवाद भन्न चाहान्छु,’ ओलीले भन्नुभयो ।

    एमाले राष्ट्रियतावादी पार्टी भएकाले कमजोर बनाउन अनेक षड्यन्त्र भइरहेको ओलीको भनाइ छ । यसपटकको निर्वाचनमा राष्ट्रिय हितविपरीतका शक्तिलाई पराजित गर्नुपर्ने ओलीले बताउनुभयो । ‘मुलुकको विकास र समृद्धिका लागि एमाले सरकारमा आउनुपर्छ । एमालेलाई सरकारमा आउन नदिन र कमजोर बनाउन अनेक षड्यन्त्र भएका छन्,’ ओलीले भन्नुभयो । यसपटकको निर्वाचनको अर्थ मुलुकका हितमा काम नगर्ने शक्तिलाई पराजित गर्नुमा रहेको ओलीको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.