सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गठबन्धनका दलबीच ५ वर्ष सहकार्य गर्ने सहमति भएको छ : गगन थापा


  •    न्युजभित्तो/१ मंसिर २०७९, बिहीबार १४:४२ 
  • काठमाडौँ,१ मंसिर। आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी छन् । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा गरेकाले यस क्षेत्रप्रति सबैको चासो बढेको छ ।

    मङ्सिर ४ गते हुने निर्वाचनमा थापा र भट्टराई दुवै जनाले आफ्नो जित सुनिश्चित भएको भन्दै आ–आफ्नै अडानमा छन् । यसअघि २०७४ सालको निर्वाचनमा तीन हजार चार सय १८ मतान्तरले भट्टराईलाई हराएका थापाले अहिले गठबन्धनका कारण आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् ।

    विसं २०७४ को निर्वाचनमा भट्टराईलाई वाम गठबन्धन (एमाले र माओवादी केन्द्र)को साथ थियो । तर यसपटक थापालाई माओवादी केन्द्रसहित एमालेबाट फुटेको एकीकृत समाजवादीलगायतका दलको समर्थन छ ।

    बुधबार कपनमा मतदातासँग मत माग्दै गर्दा भेटिनुभएका सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले आफ्नो जित सुनिश्चित भएको बताए । यसअघिका निर्वाचनमा आफूप्रति मतदाताको उत्साह अझै पनि उत्तिकै कायम रहेको उनको भनाइ छ ।

    “मतदाताले स्थानीय पूर्वाधार निर्माणका विषय ठाउँअनुसार उठाउनु स्वभाविक हो, तर बन्दै गरेको सहर हो”, उनले भने, “केही समयअघि केही क्षेत्रमा देखिएको सडक र खोपानीको समस्या अहिले धेरै हदसम्म समाधान भइसकेको छ ।”

    थापाले यस क्षेत्रका मतदाताले आफूसँग स्थानीय आवश्यकताका साथै मुलुकको चिन्ता व्यक्त गरेको बताए । “उहाँहरूसँग अन्तरक्रिया गर्दा अहिलेको निर्वाचनसँगै देशको स्थितिलाई जोडेर कुरा गर्नुहुन्छ”, थापाले भने । आसन्न निर्वाचनमा विजयी भएपछि आफू कांग्रेसको संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने उनको भनाइ छ ।

    आफूनो योजना आफ्नो निर्वाचन क्षेत्रको विकाससँगै सरकारको नेतृत्व गर्न पाएँ भने के गर्ने भन्नेमा पनि रहेको उनले बताए । “संसदीय दलको नेता छान्दै गर्दा दलको घोषणापत्र लिएर चुनाव लड्नु परोस भन्ने हो”, उनले भने, “त्यसैले संसदीय दलको नेता लड्दै गर्दा मैले पाँच वर्षमा के कस्ता काम गर्ने हो घोषणापत्र नै लिएर जान्छु ।”

    उम्मेदवार थापाले सत्ता गठबन्धनको निर्वाचन प्रणालीको कारणले गर्दा निर्वाचनपछि पनि गठबन्धनका दलसँग मिलेर जानुको विकल्प नभएको बताएका छन् ।

    सत्ता गठबन्धनको सरकार बनेमा क्षमतालाई मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै उनले भने, “क्षमता मूल्याङकन गर्न सकेनौँ भने २०४८ मा एकल बहुमत प्राप्त गर्दा पनि सरकार चलाउन नसक्ने अवस्था आउनसक्छ ।” गत निर्वाचनमा पनि नेकपा एमालेसँग पनि बहुमत भएर पनि सरकार चलाउन नसकेको उनको भनाइ छ ।

    थापाले सत्ता गठबन्धनको जितपछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गरे । “ठूलो दलका रुपमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्छ, तर पार्टीभित्रै पनि आफ्नै विधि, विधान, परम्परा छ । हामीले पहिला आफ्नो दलको नेता छान्नुपर्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.