सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिडबाट प्रभावित पत्रकारलाई प्रेस चौतारी चितवनले सहयोग गर्ने


  •    न्युजभित्तो/२० जेष्ठ २०७८, बिहीबार ०९:२२ 
  • चितवन, २० जेठ । प्रेस चौतारी नेपाल चितवन शाखाले कोभिडबाट प्रभावित पत्रकारहरुलाई सहयोग गर्ने भएको छ । जुममार्फत् सम्पन्न बैठकले कोभिडका कारण अप्ठ्यारोमा परेका पत्रकारहरुलाई सहयोग गर्ने निर्णय गरेको हो ।

    बैंठकमा कोरोनाको दोस्रो लहर सुरु भएपछि गरिएको लकडाउन, श्रमजीवि पत्रकारहरुको अहिलेको अवस्था, संगठनले सबै पत्रकारहरुमा गरिएको स्वास्थ्य सामाग्री वितरण, संगठनका आगामी कार्ययोजना एवम् कार्यभारका विषयमा छलफल गरिएको थियो । बैठकले समाचार संकलनका क्रममा अग्रभागमा खटिदा कोरोना संक्रमण भएका पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    चौतारी चितवनले कोरोना संक्रमण नहोस् भनेर संगठनमा आवद्ध रहेका/नरहेका जिल्लामा क्रियाशील सबै पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । बैठकले महामारीको बेलामा पत्रकारहरुको सुरक्षालाई प्राथमिकतामा राखेर संगठनलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने विभिन्न संघसंस्थाहरुलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।

    प्रेस चौतारी नेपालले उठाउँदै आएको पत्रकारहरुको निःशुल्क उपचार र दुर्घटना बीमा गराउने सम्बन्धी मागलाई हालै सरकारले बजेटमार्फत सम्वोधन गरेकोमा सरकारलाई धन्यवाद दिँदै साउन १ गतेबाट नै कार्यान्वयनमा लैजान माग गरेको छ । त्यसका लागि आवश्यक सहयोग गर्न पत्रकार महासंघ केन्द्र र जिल्ला शाखालाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कोरोना कहरका बेलामा श्रमजीवि पत्रकारहरुलाई कामबाट निकाल्ने, तलव नदिने जस्ता काम र गतिविधीमा नगर्न÷ नगराउन सम्वद्ध सबै सञ्चारमाध्यमहरुलाई अपिल गरेको छ ।

    बैठकमा सहभागी हुनुभएका प्रेस चौतारी नेपालका कार्यबहाक महासचिव हिरा लामाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सचेततापूर्वक समाचार संकलन गर्न आग्रह गर्नुभयो । उहाँले महामारीका बेलामा समस्यामा परेका पत्रकारहरुको आड र भरोसा प्रेस चौतारी बन्ने हुँदा निधक्कसँग चौतारीसमक्ष आफ्ना समस्याहरु राख्न क्रियाशील सबै पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।

    बैठकमा केन्द्रीय कमिटी सदस्य शिशिर सिंखडा र शालिग्राम नेपाल, अनुशासन आयोग सदस्य संगीता आचार्य, पत्रकार महासंघका निवर्तमान अध्यक्ष राधेश्याम खतिवडा, चौतारी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदी, प्रेस चौतारी प्रदेश कमिटी सदस्य तिलक रिमाल, शंकर अधिकारी, द्वारिका नेपाल, प्रतिमा सिलवाल, रामकान्त पौडेल लक्ष्मण गौतम, मनोज घिमिरे, पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी, निवर्तमान अध्यक्ष तीर्थ नेपाल, सल्लाहाकार एवम् कार्य समिति सदस्यहरुले आआफ्ना धारणा र सुझावहरु राख्नुभएको थियो । चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्यले संगठनले अहिलेसम्म गरेका गतिविधीको बैठकमा जानकारी गराउनुभएको थियो भने, बैठक अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.