सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तमानखोलामा सङ्क्रमितसँगै जटिल बिरामी बढी


  •    न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार १३:०१ 
  • बलेवा, १४ जेठ । भूगोल र जनसङ्ख्याले सानो रहेको तमानखोला गाउँपालिकामा कोरोनाका सङ्क्रमित थोरै छन् । यहाँका सङ्क्रमितमध्ये धेरै बिरामी छन् ।

    कोरोनाको पहिलो भेरियन्टको समयमा लामो समयसम्म सङ्क्रमणबाट बचेको तमानमा भारतबाट आएका मात्रै सङ्क्रमित भएका थिए ।

    अन्यत्र नियन्त्रणमा आएपछि यहाँका स्वास्थ्यकर्मीमा सङ्क्रमण देखियो । दोस्रो लहरका क्रममा भने तमानखोला पनि बढी प्रभावित भएको छ ।

    अहिलेसम्म तमानखोलाका ७१ जनामा मात्रै कोरोना पुष्टि भएको छ । तीमध्ये २२ जना डिस्चार्ज पनि भइसके । बाँकी ४९ मा नौजना गम्भीर बिरामी छन् । बिरामी बागलुङ र पोखराका अस्पतालका आइसियुमा छन् । यो सङ्ख्या सङ्क्रमितको २० प्रतिशत हो ।

    कूल सङ्क्रमितको २० प्रतिशत गम्भीर बिरामी हुनु राम्रो नभएको स्वास्थ्य शाखाका प्रमुख तिलक छन्त्यालले बताउनुभयो । “एकदुई पटक मात्रै परीक्षण गर्दा यो सङ्ख्या देखिएको हो, परीक्षण बढाउँदा डरलाग्दो हुन सक्छ”, उहाँले भन्नुभयो, “परीक्षण गर्दा ७० प्रतिशतमा सङ्क्रमण देखिएको थियो ।” यस क्रमले परीक्षण बढाउने र सङ्क्रमित भेटिने हो भने डरलाग्दो अवस्था आउने उहाँले बताउनुभयो । गाउँपालिकाले थप ८५ जनाको स्वाब सङ्कलन गरेर पिसिआरका लागि पठाएको छ । ती स्वाबबाट पनि धेरैमा सङ्क्रमण देखिन सक्ने उहाँले बताउनुभयो ।

    घरघरमा लक्षणसहितका सङ्क्रमित र शङ्कास्पद बिरामी भएकाले रिपोर्ट डरलाग्दो बन्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो । अघिल्लो वर्ष झैँ क्वारेन्टिन नबन्नु, शहरी क्षेत्र र भारतबाट आएका मान्छे सोझै गाउँ पुग्नुले सङ्क्रमण घरघरमा पुगेको स्थानीयवासीले बताएका छन् । तमानखोलालगायत ग्रामीण क्षेत्रको चेतना कमी भएकाले सङ्क्रमण बढ्दै गएको उहाँले बताउनुभयो ।

    ढोरपाटन नगरपालिकामा पनि सङ्क्रमितमध्ये बिरामी भएर आइसोलेशन र अक्सिजनसहितको उपचार दिनुपर्ने बढिरहेका छन् । बोबाङलगायतका ग्रामीण बस्तीमा जुनसुकै बेला डरलाग्दो गरी सङ्क्रमण फैलन सक्ने प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङका प्रमुख डा मिलन मल्लले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.