राष्ट्रिय

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिने तयारी
-न्युजभित्तो

काठमाण्डौं, २५ मंसिर । नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म...

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु
-न्युजभित्तो

काठमाडौं, मंसिर २५ । नेपालमा पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख...

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
-न्युजभित्तो

काठमाडौँ, २५ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वसांसद् कमानसिंह लामाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा...

आइसीसीले जारी गरेको नयाँ टि–२० बरियताअनुसार सन्दीप लामिछाने एक स्थान माथि
-न्युजभित्तो

काठमाडौँ, २५ मङ्सिर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिनुभएको छ । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुग्नुभएको...

अध्यक्ष गणेश तिमिल्सिनाद्वारा श्रद्धाञ्जलि व्यक्त
-न्युजभित्तो

गलकोट, २५ मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय सांसद मनकुमारी केसीकी आमाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले सांसद केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्यतिथिमा उहाँकै निवास बागलुङ नगरपालिका–३ गुठी पुगेर आज बिहान उहाँप्रति...

कोरोना भाईरस विरुद्धको खोप नेपालमा कहिलेसम्म आउला ?
-न्युजभित्तो

काठमाण्डौं, २५ मंसिर । बेलायत सहित विश्वका अन्य देशमा प्रयोगकालागि औपचारिक मान्यता पाएको फाइजर÷बायोएनटेकले विकास गरेको कोभिड १९ विरुद्धको खोप नेपालमा स्वास्थ्य सेवाको अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूका लागि सबैभन्दा पहिला प्रयोग हुन सक्ने अधिकारीहरूले बताएका छन्। जनसङ्ख्याको २० प्रतिशतलाई खोप लगाउनका...

नेकपाका नेता कमानसिंह लामाको निधन
-न्युजभित्तो

काठमाडौँ, २५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो । विसं २००८ फागुन...

ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन
-न्युजभित्तो

वाग्मती, २५ मङ्सिर । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ । सो कार्यक्रम देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर शाखामा...

प्रदेश सरकारले अस्पतालजन्य फोहोरको व्यवस्थापन गर्ने
-न्युजभित्तो

मोरङ, २५ मङ्सिर । प्रदेश नं १ सरकारले अस्पतालजन्य फोहोरको सुरक्षित व्यवस्थापन गर्ने भएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयद्वारा बुधबार आयोजित अस्पतालको फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रममा विभिन्न अनुसन्धानबाट अव्यवस्थित फोहर व्यवस्थापनबाट समुदायमा सङ्क्रमण फैलिने...

शहरी विकासमन्त्रीले निर्माण व्यवसायीको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने प्रतिबद्धता
-न्युजभित्तो

काठमाडौँ, २५ मङ्सिर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको बुधबार भएको भेटमा मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र उपकरणको सुरक्षा सवालमा प्रधानमन्त्री पनि चिन्तित रहेको...