सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फेरि बोलाए संवैधानिक परिषद्को बैठक


  •    न्युजभित्तो/२ पुष २०७७, बिहीबार १४:४९ 
  • काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेकै भोलिपल्ट संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री ओलीले बुधबार मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यादेश फिर्ता लिने सहमति गरेका थिए । नेकपा स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय गरेको थियो ।

    तर बिहीबारसम्म अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट आएको छैन । प्रधानमन्त्री ओलीले बिहीबार नै संवैधानिक बैठक बोलाएका छन् ।

    विपक्षी दलका नेता शेरबहादुर देउवालाई साँझ ५ बजे बैठकका लागि बोलाइएको उनी निकट स्रोतले बताएको छ । बैठक किन बोलाइएको भन्ने खुलेको छैन । यसअघि जस्तो औपचारिक पत्र पठाउनुको साटो टेलिफोनबाटै बैठकको सूचना दिइएको छ ।

    तर कांग्रेस सभापति देउवा भने नजाने भएका उनीनिकट स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । परिषदले विभिन्न संवैधानिक अंगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने गर्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.