सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेश सरकारको प्राथमिकतामा दासढुङ्गा–गाँजीपुर


  •    न्युजभित्तो/२ पुष २०७७, बिहीबार २१:२० 
  • चितवन, २ पुस । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले चितवनको दासढुङ्गा र गाजीपुरलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर विकास गर्न लागेको बताउनुभएको छ ।

    जननेता मदनकुमार भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको रहस्यमय जीप दुर्घटना भएको स्थल दासढुङ्गा र मदन भण्डारीको शव भेटिएको स्थल गाँजीपुरको आज स्थलगत अवलोकनपश्चात् उहाँले दुवै स्थानलाई राजनीतिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न लागिएको बताउनुभयो ।

    उहाँले दुवै स्थानमा प्रदेश सरकारले कार्यतालिका बनाएर काम गर्ने जानकारी दिनुभयो । “सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा दुवै क्षेत्रको विकास हुन्छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारका तर्फबाट वहुवर्षीय ठेक्कामार्फत काम गर्ने तयारी गरिएको छ ।” मन्त्री फुयाँलले यही महिनाभित्र टेण्डर लगाएर काम शुरु गरिने बताउनुभयो ।

    छिटो काम सम्पन्न गर्नका लागि स्थानीयस्तरबाट पनि जागरुक भएर काम गर्नुपर्ने उहाँको भनाइ छ । दुवै ठाउँको वातावरण हरियाली बनाउँदै आकर्षक फूलबारी बनाउन स्थानीय जनप्रतिनिधि र सरोकारवालालाई उहाँले आग्रह गर्नुभयो । मौलिकता देखिने खालको विकास गर्नसमेत उहाँको सुझाव छ ।

    “मदन आश्रितका नाममा धेरै भाषण ग¥यौँ”, अब केही काम गरेर उहाँहरुको सपना साकार गर्नुपर्छ”, उहाँले भन्नुभयो । मदन भण्डारीले मुलुक बदल्ने सपना क्रमशः पूरा हुँदै जान लागेको मन्त्री फुयाँलले बताउनुभयो ।

    विकास निर्माणमा सबैले सहकार्य गर्नुपर्नेमा उहाँको जोड छ । दासढुङ्गामा डिपिआरसहित सडक निर्माण र गाजीपुरमा पार्क निर्माणका लागि बजेट विनियोजन गर्ने मन्त्रालयका सचिव सञ्जीव बरालले जानकारी दिनुभयो ।

    विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय सवारी दुर्घटना जननेता भण्डारी र आश्रितको ज्यान गएको थियो । सो अवसरमा प्रदेशसभा सदस्य कृष्ण खनाल, विजय सुवेदी, घनश्याम दाहाल, कृष्ण भुर्तेल, रामलाल महतोलगायतको सहभागिता थियो । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.