राष्ट्रिय

एकाबिहानै कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल भेटियो
-न्युजभित्तो

काठमाडौं, १९ पुस । आइतबार एकाबिहानै कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल देखियो । पेस्तोल देख्नेवित्तिकै हिँडिरहेका केही व्यक्तिले तुरुन्तै नजिकै रहेका प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी विभाग, कोटेश्वरको टोलीले तुरुन्तै पेस्तोल र त्यसमा रहेको एक राउण्ड गोली बरामद गर्यो...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट पुनः सुरु हुँदै
-न्युजभित्तो

काठमाडौं, १९ पुस । एक साताभन्दा बढी समय स्थगित गरिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट पुनः सुरु हुँदै छ । संसद विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । सो...

राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाइ जवाफ बुझाउँदै
-न्युजभित्तो

काठमाडौं, १९ पुस ।  राष्ट्रपति कार्यालयले संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज बुझाउँदै छ । संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न आज...

“हाम्रो दृष्टि राम्रो दृष्टि”ले गर्यो शैक्षिक तथा खेलकुद सामाग्री वितरण
-न्युजभित्तो

-रविन देवकोटा चितवन,१९ पुस। सामाजिक रुपान्तरणमा युवा अभियान भन्ने मुल नाराका साथ स्थापना भएको सामाजिक संस्था “हाम्रो दृष्टि राम्रो दृष्टि”ले आज सपनाको झोला प्रथम चरण अन्तर्गत शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको छ। चितवनको कालिका नगरपालिका वडा नं ११...

लायन्स क्लबको आयोजनामा १४८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
-न्युजभित्तो

चितवन, १८ पुस । लायन्स क्लब अफ चितवन गोल्डेनको आयोजनामा आज शनिबार भरतपुर १५ कल्याणपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरियो । कार्यक्रममा १४८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । क्लबका अध्यक्ष रामचन्द्र तिमिल्सेनाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व...

उपलब्धी उल्टो बाटोमा हिड्ने हो कि भन्ने चिन्ता छ : डा. महत
-न्युजभित्तो

चितवन, १८ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले ठूलो मिहेनत गरेर ल्याएको लोकतान्त्रिक उपलब्धी उल्टो बाटोमा हिड्ने हो कि भन्ने चिन्ता रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज शनिबार भरतपुरको जखडीमाइमा आयोजना गरेको...

माघ १ गतेदेखि “एउटा यस्तो प्रेम कहानी”
-न्युजभित्तो

काठमाण्डौं, १८ पुस । कोरोना भाईरस (कोभिड १९) का कारण लामो समय सिथिल भएको नेपाली फिल्म क्षेत्र जुर्मुराउन थालेको छ । यसैबीचमा एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्म “एउटा यस्तो प्रेम कहानी” को प्रदर्शन घोषणा गरिएको छ। पुष...

पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ४१९ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, १८ पुस  । नेपालमा कोरोनाभाइरसका ४१९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६१ ह्जार...

नेकपा प्रचण्ड-माधव समूहले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरे
-न्युजभित्तो

काठमाडौं, १८ पुस । नेकपा प्रचण्ड-माधव समूहले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । असवैधानिक कदम...

बालबालिकालाई जनस्वास्थ्य र पोषणमा ध्यान दिन विज्ञको सुझाव
-न्युजभित्तो

काठमाडौँ, १८ पुस । कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका छन् । शिक्षा पत्रकार समाजले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा पोषणविद् डा अरुणा उप्रेती, जनस्वास्थ्यविद् डा रवीन्द्र...