राष्ट्रिय

सुन तोलामा १३ सय रूपैयाँ बढ्यो
-न्युजभित्तो

काठमाडौं , ८ वैशाख । आज सुन प्रतितोला १३ सय रूपैयाँ बढेको छ । मंगलबार छापावाल सुन तोलाको ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

प्रि ओपन सेसनमा नेप्से १०.२१ अंकले बढ्यो
-न्युजभित्तो

काठमाडौं , ८ वैशाख । आज प्रि-ओपन समयमा नेप्से परिसूचक १०.२१ अंकले बढेको छ । प्रि-ओपन समयमा नेप्से परिसूचक ०.३८ प्रतिशतले बढ्दै २६७४.८२ विन्दुमा पुगेको छ । प्रि-ओपन समयमा २३ हजार ९९१ कित्ताको किनबेचमा १ करोड ४७ लाख ३५ हजार...

सभामुख सापकोटाविरुद्धको ज्यान मुद्दा सर्वोच्चको पेसीमा,संवैधानिक इजलासमा आज सुनुवाइ होला ?
-न्युजभित्तो

काठमाडौं , ८ वैशाख। सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।...

गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पतालमा भर्ना
-न्युजभित्तो

राँझा, ८ वैशाख । बाँकेका अस्पतालमा बिरामीको चाप बढेपछि अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गरिने भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा सङ्क्रमित बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिभराउ भइसकेका कारण...

एकै दिन १३ मुद्दा फैसला
-न्युजभित्तो

वाग्मती, ८ वैशाख ।  जिल्ला अदालत मकवानपुरले मङ्गलबार एकै दिन १३ मुद्दा फैसला गरेको छ । सो दिनका लागि इजलासमा २८ मुद्दाका पेशी तोकिएको थियो । यस्तै अदालतले १५ मुद्दामा आदेश जारी गरेको छ । न्यायाधीश डिल्लीरत्न श्रेष्ठका इजलासमा मुद्दाका...

पच्चीस जनाभन्दा बढी भेला नहुन सुर्खेत प्रशासनको आग्रह
-न्युजभित्तो

कर्णाली, ८ वैशाख ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नुहन आग्रह गरेको छ । जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा मङ्गलबार बसेको बैठकले सो...

हुम्लामा चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध
-न्युजभित्तो

सिमकोट, ८ वैशाख । हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन् । इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित...

कैलालीमा धानको बीउको मूल्य निर्धारण
-न्युजभित्तो

टीकापुर, ८ वैशाख । कैलालीमा धानको बीउको मूल्य निर्धारण गरिएको छ । बर्खे धानखेती गर्न किसानका लागि उन्नत तथा गुणस्तरीय धानको बीउको मूल्य निर्धारण गरिएको छ । यस वर्ष उन्नत जातको मोटा धानको बीउ प्रतिकिलो रु ६० र मसिनो रु...

मोटरसाइकलको ठक्करबाट वृद्वाको मृत्यु
-न्युजभित्तो

तनहुँ, ८ वैशाख । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग१७प ८७४ नंको मोटरसाइकलले मङ्गलबार साँझ...

१९ केजी गाँजासहित युवा पक्राउ
-न्युजभित्तो

पर्सा, ८ वैशाख । नेपालबाट भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट १९ किलोग्राम गाँजासहित वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी उमर अन्सारीलाई पक्राउ...