सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल बैंकले साढे ३ अर्ब बराबरको ऋणपत्र जारी गर्ने


  •    न्युजभित्तो/१० बैशाख २०७८, शुक्रबार १३:४८ 
  • काठमाडौं, १० वैशाख। नेपाल बैंक लिमिटेडले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ। बैंकले वैशाख २६ गतेबाट उक्त ऋणपत्र खुला गरिने जनाएको छ।

    वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर दिने गरी उक्त ऋणपत्र बिक्री गर्न लागिएको हो।

    प्रतिकित्ता एक हजार रुपैयाँ दरका ३५ लाख कित्ता मध्ये १४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ। यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्याएको छ भने २१ लाख कित्ता सेयर व्यक्तिगत रुपमा बिक्री गरिने भएको छ।

    इच्छुक लगानीकर्ताले वैशाख २२ गतेदेखि ५ जेठसम्म आवेदन दिनुपर्ने छ। कम्तीमा २५ र बढीमा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.