सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले बैठक बालुवाटारमा सुरु, बामदेव समेटिए, नेपाल समूह परेन


  •    न्युजभित्तो/१० बैशाख २०७८, शुक्रबार १३:४३ 
  • काठमाडौं,१० वैशाख । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

    वैशाख ६ देखि शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेको सांगठानिक प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा निलम्बित नेता माधव नेपाल समूहका सांसदहरुले बुझाएको स्पष्टीकरणका विषयमा छलफल भइरहेको छ।

    त्यस्तै वैशाख ६ गतेको बैठकले कर्णाली प्रदेशका फ्लोर क्रस गर्ने ५ सांसदसहित माधव नेपाल पक्षका २७ जनामाथि कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सोधिएको स्पष्टिकरणको जवाफ बिहीबार सबैले दिएका छन् ।

    आजको बैठकमा यसबारेमा पनि थप छलफल हुँदैछ । बैठकमा विष्णु पौडेल संयोजक रहेको शंकर पोखरेल र टोपवहादुर रायमाझी सम्मिलित कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्ताव समेत पेस गर्ने बताइएको छ ।

    बैठकमा माधव नेपाल समूहका नेता भने उपस्थित छैनन्। बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली,सुवास नेम्वाङ, रामबहादुर थापा बादललगायत ओली पक्षीय नेताको सहभागीता रहेको छ।

    यो बैठकले स्थायी कमिटी सदस्यहरू चयन गर्ने समेत बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.