राष्ट्रिय

सिलिण्डर व्यवस्थापनमा जुट्यो गाउँपालिका
-न्युजभित्तो

दमौली, २८ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिण्डर हस्तान्तरण गरेको छ । कोभिड सङ्क्रमण बढेपछि बजारमा अक्सिजन सिलिण्डर अभाव भएकाले केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरी राखेको १२ थान ठूलो सिलिण्डर गाउँपालिकालाई हस्तान्तरण गरेको...

नेपाल सुपर लिग : काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने
-न्युजभित्तो

काठमाडौँ, २८ वैशाख । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले...

नेपालमा सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति
-न्युजभित्तो

टोकियो, २८ वैशाख  ।  जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो । जापानका लागि नेपाली राजदूत...

महाकाली नदी दुर्गन्धित बन्दै
-न्युजभित्तो

दार्चुला, २८ वैशाख । महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको महाकाली नदी दिन प्रतिदिन सोझै ढल र...

निषेधाज्ञामा रोकिएन विकास निर्माण
-न्युजभित्तो

गलकोट, २८ वैशाख  । कोरोनाको दोस्रो लहरका कारण तीव्ररूपमा सङ्क्रमण बढिरहे पनि बागलुङमा विकास निर्माण भने रोकिएको छैन । गत वर्ष कोरोनाका कारण ठप्प बनेको विकास निर्माण अहिले भने निरन्तर चलिरहेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक...

भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित
-न्युजभित्तो

 भजनी, २८ वैशाख । कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता छ...

भरतपुरको चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी
-न्युजभित्तो

चितवन, २८ वैशाख । भरतपुर महानगरपालिका–१० चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा रु ४० लाख हाराहारीको क्षति भएको छ । सोमबार साँझ एक्कासि आगलागी हुँदा अनुमानित रु ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो...

ओलीको पक्षमा ९३, विपक्षमा १२४, १५ तटस्थ (एमालेका अनुपस्थित हुनेहरुको सूचिसहित)
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाउनु भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको हो । ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए...

साना दलले सरकारलाई विश्वासको मत नदिने
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख  । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताउनुभएको छ । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका छलफलमा क्रममा उहाँले कुनै पनि प्रस्तावका पक्षमा मत...

संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने अधिकार छैन : अध्यक्ष दाहाल
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने अधिकार नै नरहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास छ भनी प्रष्ट पार्न आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिँदै...