ओली र नेपाल सहमति नजिक, नेपाल पक्षका सांसदहरुले राजीनामा नगर्ने
न्युजभित्तो/३० बैशाख २०७८, बिहीबार १८:२७
काठमाण्डौं, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको वार्ता सहमति नजिक पुगेको छ । वार्तापछि नेपाल पक्षका सांसदहरुले राजीनामा नगर्ने भएका छन् ।
दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफल भएको थियो । उक्त छलफलमा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो । त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताउनुभएको छ । नेता नेपालले पत्रकारहरुलाई भन्नुभयो “आज सांसदहरुको राजीनामा दिने कुरा दुई चार दिनलाई टर्यो ।”
माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गर्दै आएको छ । तर २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले बैठकबाट नेताहरुको जिम्मेवारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेपछि दुई समूहबीच विवाद बढ्दै गएको थियो ।
बिहीबार नेता नेपाल निकटका सांसदले विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि सजिलो हुने गरी राजीनामा दिने तयारी गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई फोन गरेर भेटको प्रस्ताव गर्नुभएको थियो ।