सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याउने


  •    न्युजभित्तो/३० बैशाख २०७८, बिहीबार १६:२७ 
  • चितवन, ३० वैशाख । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० शय्याको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी थप १२० शय्या सञ्चालनमा ल्याउन लागेको हो ।

    अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शुक्रबारबाट कोभिड वार्ड सञ्चालन गर्ने तयारी गरिएको छ । अस्पतालको रेडिएशन, बच्चा, नाक, कान, घाँटी र मूत्रथैली विभागका बिरामीलाई अन्यत्र सारिँदै छ । ती विभागहरुमा बारेर मनिटरलगायतका सामान जडान गर्ने काम अघि बढाइएको गौतमको भनाइ छ ।

    ती वार्डहरुमा अक्सिजनको पाइपलाइन रहेका छन् । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएकाले समस्या नपर्ने अनुमान गरिएको छ । ती शय्याहरुमा छवटा भेन्टिलेटरसमेत जडान गरिँदै छ । गौतमले भन्नुभयो, “प्रदेश, सङ्घीय सरकार र दाताहरुसँग भेन्टिलेटरलगायतका उपकरण माग गरेका छाँै ।” ती वार्डलाई सकेसम्म सुविधासम्पन्न बनाइने अस्पतालले जनाएको छ । जिल्लामा सङ्क्रमित बढ्दै गएपछि क्यान्सर अस्पतालले कोभिडको उपचार शुरु गर्न लागेको हो । यहाँ यस जिल्लाका भन्दा धेरै बिरामी बाहिरबाट आएका छन् ।

    चार सय ५० शय्याको क्यान्सर अस्पतालमा हाल २२० क्यान्सरका बिरामी उपचाररत रहेका छन् । कोभिड वार्डमा १० जना रहेका छन् । यस अस्पतालमा क्यान्सर रोगको उपचारका लागि देशभरबाट बिरामी आउने गर्दछन् । अन्य समयमा भारतका सीमा क्षेत्रबाट समेत यहाँ बिरामी आउने गरेका थिए । चीन सरकारको सहयोगमा यो अस्पताल निर्माण भएको हो ।

    जिल्लामा हाल विभिन्न अस्पतालमा गरी ७३० शय्यामा कोभिडका बिरामीको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर अस्पतालमा १४५ शय्या सञ्चालनमा रहेको छ । एक÷दुई दिनभित्रमा नै सो अस्पतालले २०० शय्या पु¥याउँदै छ ।

    चितवन मेडिकल कलेजमा २६०, पुरानो मेडिकल कलेजमा २००, गुञ्जमान सिंह हस्पिटलमा १०, बघौडा अस्पताल माडीमा १०, बकुलहर अस्पताल रत्ननगरमा २८, खैरहनी स्वास्थ्यचौकीमा १५, राप्ती अस्पतालमा २०, कालिका नगर अस्पतालमा १२ र इच्छाकामनामा २० शय्या सञ्चालनमा रहेको छ । तिवारीका अनुसार पालिकाले सञ्चालन गरेका अस्पतालमा पनि अक्सिजन र चिकित्सकको सुविधा रहेको छ ।

    जिल्लाका निजी अस्पतालमा पनि ३५ सङ्क्रमित उपचाररत रहेको तिवारीले जानकारी दिनुभयो । जिल्लाका निजी अस्पताल मिलेर एउटा अस्पताललाई कोरोना अस्पताल बनाउने तयारी गरेका छन् । निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले भोलिसम्ममा कुन अस्पताललाई कोरोना अस्पताल बनाउने टुङ्गो लाग्ने जानकारी दिनुभयो ।

    निजी अस्पताल मिलेर ६० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने तयारी गरेका छन् । हाल जिल्लाका अस्पतालमा ४५६ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये १९८ जना जिल्लाका हुन् भने अन्य बाहिरी जिल्लाका हुन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार तीन हजार १२४ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सङ्क्रमितको सङ्ख्या १० हजार ४३१ पुगेको छ । तीमध्ये सात हजार १५७ निको भएका छन् भने १५२ जनाको निधन भएको छ । जिल्लामा कोभिड उपचारका लागि साधारण शय्याको अभाव नभए पनि सघन उपचारकक्ष भने भरिएका छन् । भेन्टिलेटरको पर्खाइमा बिरामीको मृत्युसमेत हुन थालेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.