सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनले जिल्लामा रहेका ६ स्थानीय तहलाई ५० शैया मेडीकल वेड हस्तानतरण


  •    न्युजभित्तो/३० बैशाख २०७८, बिहीबार १६:११ 
  • चितवन,३० वैशाख । स्वास्थ्य कार्यालय चितवनले जिल्लामा रहेका ६ स्थानीय तहलाई ५० शैया मेडीकल वेड हस्तानतरण गरेको छ ।

    कार्यालयले इच्छाकामना गाउँपालिका बाहेक अन्य स्थानीय तहलाई मेडीकल वेड, तन्ना, कम्बल र सिरानी हस्तान्तरण गरेको हो । कोरोना भाइरसको सङ्क्रमण वढ्दै जाँदा यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमा आइसोलेसन केन्द्र स्थापना गरी सामान्य उपचार, अक्सिजन तथा स्वास्थ्य सल्लाह प्रदान गर्न सहयोग पुग्ने उद्देश्यले वेडहरु हस्तान्तरण गरिएको हो ।

    आज एक कार्यक्रमका बिच चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको उपस्थितिमा कार्यालयका प्रमुख दिपक तिवारीले भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकालाई वेड हस्तान्तरण गर्नु भएको थियो ।

    कार्यालयलाई स्वास्थ्य मन्त्रालयबाट कार्यालयलाई प्राप्त ती वेडहरु महानगरपालिकालाई २५ थान, रत्ननगर, खैरहनी, कालिका, राप्ती र माडी नगरपालिकालाई ५-५ थान मेडीकल वेड हस्तान्तरण गरिएको कार्यालयका प्रशासकीय अधिकृत शिब शर्मा पौडेलले जानकारी दिनुभयो ।

    यस कार्यालयले संघिय कार्यालय, प्रदेश कार्यालय संग समन्वय गर्दै सरकारका बिभिन्न राष्ट्रिय स्वास्थ्य सेवा कार्यक्रमहरु सञ्चालनका लागि पालिकाहरुलाई प्राबिधिक सल्लाहा, परिवार नियोजनका साधन, क्षयरोग, कुष्ठरोग, डेङ्गु, मलेरिया, प्रकोप तथा स्वास्थ्य विपद् महामारीका रोकथाम नियन्त्रणका लागि खोप, औषधि तथा औषधि जन्य सामाग्रीको व्यवस्थापन गर्दै आएको छ ।

    वेड हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी लगाएको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.