राष्ट्रिय

हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता
-न्युजभित्तो

सोलुखुम्बु, १६ कात्तिक । जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल...

धवलागिरि अस्पतालमा जीवनजल अभाव
-न्युजभित्तो

गलकोट, १६ कात्तिक । धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ । झाडावान्ता भएपछि छोरालाई अस्पताल ल्याउनुभएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गर्नुभयो । शर्माजस्तै अन्यले पनि...

पूर्वराज्यमन्त्री साहलाई षडयन्त्र कसुरमा ११ वर्ष कैद
-न्युजभित्तो

जनकपुरधाम,१६ कात्तिक । नौ वर्षअघि जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा उच्च अदालत जनकपुरधामले पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतले साहलाई यसअघि नै जन्मकैदको फैसला...

दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
-न्युजभित्तो

तुलसीपुर, १६ कात्तिक । दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिसहनिया–महादेवा जोड्ने पुलमा गए राति रा१प ६३४५ नंको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका–२ घुस्राका २२ वर्षीय समिर चौघरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले...

‘१५ वर्षे कर्णाली प्राङ्गारिक कृषि आवधिक योजना’ बनाउँदै प्रदेश सरकार
-न्युजभित्तो

कर्णाली, १६ कात्तिक । कर्णाली प्रदेशको प्राङ्गारिक कृषि प्रवद्र्धनका लागि प्रदेश सरकारले ‘कर्णाली प्राङ्गारिक कृषि मिसन योजना’ अगाडि बढाएको छ । प्रदेश सरकारको स्थापनासँगै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले कर्णालीलाई प्राङ्गारिक प्रदेशमा लैजाने नीतिगत निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर...

आज देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाईंदै
-न्युजभित्तो

काठमाडौं,१६ कात्तिक । आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको स्मरणमा आज देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम मनाइदै छ। हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन देशभरका आयुर्वेद संस्थाहरुमार्फत यो दिवस मनाउने गरिएको छ। आज नरदेवीस्थित आयुर्वेद चिकित्सालय र आयुर्वेद...

किसानलाई राहत दिने पहिलो नगर बन्यो रत्ननगर, २ हजार किसानलाई ९० लाख वितरण गरिदै
-न्युजभित्तो

चितवन, १६ कात्तिक  । रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले दुई हजार किसानलाई झण्डै रु ९० लाख राहत वितरण गर्ने गरी काम अघि बढाएको छ । गत असोज २९, ३० र ३१...

केपी ओली आज माडीको अयोध्याधाम जाने, दिउँसो नारायणीमा क्रुज अवलोकन
-न्युजभित्तो

चितवन, १६ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी ओली आज माडीको अयोध्याधाम जानु हुने भएको छ । माडीको कार्यक्रमपछि अध्यक्ष ओली नारायणीमा क्रुजको अवलोकन गर्ने कार्यक्रम तय भएको हो । नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावलका...

निर्वाचनमा पाँच दल सँगै जाउँ, हामी एक्लै काफी छौं : केपी ओली
-न्युजभित्तो

चितवन, १५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा पाँच दलीय गठबन्धन बनाएर गए पनि आफ्नो पार्टी एक्लै काफी भएको बताउनु भएको छ । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनलाई आज भरतपुर सम्बोधन...

प्रदेश १ का मुख्यमन्त्रीआचार्यले राजीनामा दिने
-न्युजभित्तो

काठमाडौँ, १५कात्तिक । बहुमत नपुग्ने भएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । गत भदौ १० गते प्रदेश १ का मुख्यमन्त्री नियुक्त भएका आचार्यको आज विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका भएपनि बहुमत नपुग्ने भएपछि उनले...