सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु


  •    न्युजभित्तो/२४ कार्तिक २०७८, बुधबार १२:२७ 
  • काठमाडौँ, २४ कात्तिक । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा चन्दननाथ गणको आठौं डफफाको पहिलो शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २१६ जना नेपाली शान्ति सैनिक काठमाडौंँबाट मङ्गलबार राति मिसन ईलाकातर्फ प्रस्थान गरेका हुन् । हाल त्यहाँ तैनाथ गोरखबहादुर गण शान्ति सेनाको सातौं डफफालाई बदली गर्न उक्त टोली गएको हो । विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपाली सेना विभिन्न संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा रही महत्वपूर्ण योगदान पु¥याउदै आइरहेको छ ।

    विश्वमा शान्ति सैनिकको सङ्ख्या धेरै पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो वरियतामा छ । नेपाली शान्ति सैनिकलाई विश्वका विभिन्न ४३ शान्ति मिसनमा परिचालित भई काम गरिसकेको अनुभव छ । हाल विश्वका १२ स्थानमा तैनाथ राष्ट्रसङ्घीय मिसनमा २०० महिला सैनिकसहित पाँच हजार २२९ नेपाली शान्ति सैनिक परिचालित छन् ।

    कोभिड–१९ सङ्क्रमण जोखिमबीचमा पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप सेनाले अदलीबदलीका समयमा सम्पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.