सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेनाका रेफ्री ढकाल फ्रेन्च इकोपेनमा निर्णायकका लागि फ्रान्स प्रस्थान


  •    न्युजभित्तो/२४ कार्तिक २०७८, बुधबार १२:२२ 
  • काठमाडौँ, २४ कात्तिक । नेपाली सेनाका तेक्वान्दो खेलका रेफ्री दीपेन्द्र ढकाल फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगितामा निर्णायक मण्डलमा सहभागी हुन फ्रान्स प्रस्थान गर्नुभएको छ ।

    पाकिस्तानको इस्लामाबादमा यही कात्तिक १८ देखि २३ गतेसम्म भएको चिफ अफ आर्मी स्टाफ ९सिओएएस० पाकिस्तान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा सहभागी भई उहाँ त्यहीबाटै कतारको दोहा हुँदै आज फ्रान्स लाग्नुभएको हो ।

    पाकिस्तानमा भएको उक्त तेक्वान्दो प्रतियोगिताका विभिन्न समूहमा भएका ४५ प्रतिस्पर्धामा उहाँले रेफ्री भएर निर्णय सुनाउनुभएको थियो । फ्रान्समा यही कात्तिक २६ देखि २८ गतेसम्म हुने एशियन तेक्वान्दो युनियन तथा युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायक मण्डलमा रेफ्री ढकालको छनोट भएको हो ।

    चीनको वुहानमा २०७६ कात्तिकमा भएको सातौं विश्व सैनिक खेलकूद प्रतियोगिता ९सिज्म्स०मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा हुनुहुन्थ्यो । चीनकै उसी सहरबाट विसं २०७४ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्ष प्राप्त गर्नुभएका ढकाल नेपालको खेलकूद क्षेत्रका स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल हुनुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक बरियता नजिक रहनुभएका ढकाल मुलुकका सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.