सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाउँमै बङ्गुरपालनबाट रु १८ लाख आम्दानी


  •    न्युजभित्तो/२४ कार्तिक २०७८, बुधबार ११:२८ 
  • पर्वत, २४ कात्तिक । इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका यहाँका एक युवाले बङ्गुरपालन व्यवसायकाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।

    कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बङ्गुरपालनवाट वार्षिक रु १८ लाखसम्म आम्दानी गर्न थाल्नुभएको हो । “आतङ्कवादीले कति बेला लन्चर हान्थे थाहै नहुने तर अमेरिकी सैनिकले लन्चर आउँदै गरेको सूचना पाएपछि सबैलाई बङ्करमा लुक्न पठाउँथ्यो । त्यही आक्रमणमा परेर कति साथी त मारिए”, उहाँले भन्नुभयो, “मौकाले बाँचियो । बममा टेकेर बाँचेको जीवनभन्दा नेपालमै सुख र शान्तिको अनुभव गरेपछि नेपाल फर्किएको हुँ ।”

    तीन वर्ष अमेरिकी सैन्य शिविरमा बसेका उहाँको काम सैनिकका लागि आवश्यक सामग्री आपूर्ति गर्ने थियो । खुकुरीको धारमा जीवन राखेर बाँचेर फर्किएका उहाँले चुनौतीकै माझ कुश्मा नगरपालिका–८ अम्बोटको ओडारेमा बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको छ । गौरव जिल्लाकै सफल बङ्गुरपालक व्यवसायीका रूपमा चिनिन्छन् ।

    सात वर्षदेखि यो व्यवसायमा लागेका उहाँले शान्तिपूर्वक घरमै बसेर इराकको भन्दा दोब्बर कमाइ गरिरहेको जानकारी दिनुभयो । इराकमा मासिक रु ७० हजार कमाउने उहाँले बङ्गुरपालनबाटै मासिक रु डेढ लाख बचत गर्दै आउनुभएको छ । अरूको देशमा जोखिमपूर्वक गरेको कमाइभन्दा थोरै भए पनि स्वदेशको कमाइ स्वादिलो मानेर नेपाल फर्किनुभएका उहाँले बङ्गुरपालनबाट सोचेभन्दा राम्रो प्रगति गर्नुभएको हो । “कतिबेला मरिने हो भन्ने जगजगीबीच बसेर कमाएको धनभन्दा सुख र शान्तिले आफ्नै देशमा जति हुन्छ त्यही कमाइ मिठो सोचेर देश फर्किएँ”, उहाँ भन्नुभयो, “मैले यहाँ कोरियाली प्रविधि प्रयोग गरेर फरक तरिकाले बङ्गुर पालिरहेको छु । बजारको माग धान्नै सकेको छैन ।”

    समाजमा केही जातलाई बङ्गुर पाल्न नहुने जातका रूपमा हेरिन्छ । ब्राह्मण, क्षेत्री समुदायमा त सुँगुर÷बङ्गुर छुनै हुँदैन, छोएमा जात जान्छसमेत भनिन्छ । यस्तो सोच राख्ने समाजमा बसेर बङ्गुर पाल्नु उहाँका लागि सहज कहाँ थियो र रु तर आफैँले काम सुरु नगरेसम्म अरूको मानसिकतामा परिवर्तन ल्याउन असम्भव ठान्नुभएका उहाँले सामाजिक चुनौतीकै बीच बङ्गुर पाल्न लाग्नुभएको हो ।

    सात वर्षका अवधिमा उहाँले फार्ममा झण्डै रु एक करोड लगानी गर्नुभएको छ । यद्यपि अझै पनि उहाँलाई ‘बङ्गुर पाल्न छाडेर अरू केही गर’ भन्ने परिवारको दबाब आउने गरेको छ । व्यावसायिक सफलता हुँदाहुँदै परिवारका सदस्यहरू भने उहाँको यो पेशाबाट सन्तुष्ट छैनन् । “मेरी हजुरआमाले त अहिलेसम्म फार्ममा टेक्नुभएको छैन । आक्कलझुक्कल आमा आउन थाल्नुभएको छ तर उहाँले अहिले पनि यो काम नगर अरू केही गर भन्नुहुन्छ”, उहाँले भन्नुभयो, ‘काम यो गर्न हुने, ऊ गर्न नहुने भन्ने केही छैन । गर्न सके जे गरे नि हुन्छ, आफू जेबाट सफल भइन्छ त्यही काम गर्ने त हो नि १” उहाँको आँट र व्यावसायिकतालाई प्रवद्र्धन गर्न आर्थिक वर्ष २०७७÷७८ मा भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रबाट बङ्गुरको व्यावसायिक कृषि केन्द्र ९ब्लक० कार्यक्रमबाट रु तीन लाख ५० हजार अनुदानसमेत आएको थियो ।

    उहाँले मासुका लागि बिक्री गरेकामध्ये अहिलेसम्म सबैभन्दा बढी एउटै बङ्गुरलाई रु ८५ हजारमा बिक्री गर्नुभएको छ । बजारमा उत्पादन हुने फोहर उठाएर बङ्गुरलाई आहार दिने गर्नुभएका उहाँले आजभोलि फोहरलाई कम गरेर दाना खुवाउन थाल्नुभएको छ । यही कारण रु चार हजारमा बेच्ने गरेको एउटा पाठाको मूल्य रु पाँच हजार ५०० पुगेको छ ।

    उहाँले बजारको मागअनुसार धेरै उत्पादन गर्न नसकेको बताउनुभयो । उहाँले मासुका लागि भन्दा पनि पाठापाठी जन्माउन माउ बङ्गुर राख्नुभएको छ । एउटा माउ चार÷पाँच बेत ब्याएपछि मात्र मासुका लागि बेच्ने गरेको बताउनुभयो । उहाँको फार्ममा अहिले माउ र पाठा गरेर ८० वटा बङ्गुर छन् । माग भने पोखरा, मुस्ताङ, बागलुङ, कुश्मा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा छ । मागअनुसार उत्पादन गर्न सके निकै राम्रो आम्दानी हुने क्षेत्रीको भनाइ छ ।

    वैदेशिक रोजगारीका लागि सबै नेपालीले रोजेको र खोजको जस्तो काम विदेशमा नपाउने भएकाले जस्तो काम पाइन्छ उस्तै काम गर्नुपरेको गौरवको अनुभव छ । विदेशमा रहेका नेपालीले बङ्गुर फार्ममा पनि काम गरिरहेको बताउँदै व्यवसायी क्षेत्रीले विदेशमा जस्तो फोहरमा पनि काम गरेर आम्दानी गर्न तयार हुने नेपालीले त्यही काम आफ्नो देशमा गर्न लजाउने गरेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.