राष्ट्रिय
फुङ्लिङ, २१ माघ। ताप्लेजुङमा यस वर्ष चौथो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ । हिमपातले बाटो अवरुद्ध भएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको...
जनकपुरधाम,२१ माघ । हावाहुरीले च्यापिएर तीन जनाको मृत्यु भएको छ। हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७...
जनकपुर,२१ माघ। मधेस प्रदेसका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो । आड्रा नेपाल र...
रसुवा, २१ माघ। गए रातिको वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन प्रभावित तुल्याएको छ । उत्तरी रसुवामा भारी मात्राले हिमपात हुँदा चिसोका कारण जनजीवन कठ्याङ्ग्रिन थालेपछि अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय बासिन्दालाई आग्रह गरेको छ...
काठमाडौं, २१ माघ। गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो । नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ ।...
काठमाडौँ, २१ माघ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घढेर रु ९२ हजार ५०० मा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...
काठमाडौँ, माघ २१। पश्चिमी न्यून चापीय प्रणाली देशभर अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ र अन्यमा भने वर्ष भएक त्यस्तै काठमाडौं चन्द्रागिरिका डाँडामा पनि हिउँ परेको छ । चन्द्रागिरि डाँडामा हिउँ परेको यो दोस्रो पटक हो ।...
जलेश्वर,२१ माघ। हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले...
मकवानपुर, २१ माघ। गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । बिहीबार राति परेको हिउँ करिब छ इन्च...
सुर्खेत,२१ माघ । सुर्खेतको भेरीगंगा नगरपालिका ११ साँदीखोलामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार चट्याङ लागेर ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी...













