राष्ट्रिय

बाक्लो हिमपातले दुई राजमार्ग अवरुद्ध
-न्युजभित्तो

डोटी, २१ माघ। बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । राजमार्गमा परेको...

आगामी महिनादेखि धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल चलाउने तयारी
-न्युजभित्तो

जनकपुर, २१ माघ । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी...

जनमत पार्टीका जिल्ला उपाध्यक्षसहित ६ जना कार्यकर्ता पक्राउ
-न्युजभित्तो

महोत्तरी, २० माघ। जनमत पार्टी महोत्तरीका जिल्ला उपाध्यक्षसहित ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । सरकारले किसानको माग नसुनेको भन्दै राजमार्ग बन्द गराउने उद्देश्यले आन्दोलनमा उत्रेका जिल्ला उपाध्यक्ष मकसुधन महतो र पिपरा गाउँपालिकाका धिरेन्द्र साह पक्राउ परेको...

विमानस्थलबाट एक जना पक्राउ
-न्युजभित्तो

काठमाडौं,२० माघ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका(१० सोबगाढाका ३२ वर्षीय सुनिलकुमार साह रहेका छन् । दुबईबाट हिमालयन एयरमा आएका साहबाट प्रहरीले ६ लाख ४० हजार बराबरको आइफोन १३ प्रो म्याक्स चार वटा...

सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने निर्णयविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा
-न्युजभित्तो

काठमाडौ२० माघ। सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ। अधिवक्ता सल्लु तिवारी र सविन पोख्रेलले मंगलबार दायर गरेको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइको लागि तोकिएको थियो। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

बर्दियामा बस दुर्घटना हुँदा ३५ घाइते
-न्युजभित्तो

बर्दिया, २० माघ। बर्दियामा बस पल्टिँदा ३५ जना घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस बिहीबार ​आफै अनियन्त्रित भई सडकमा पल्टिँदा दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये २० जना पुरुष र...

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौधरी पक्राउ
-न्युजभित्तो

मोरङ,२० माघ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार सुन्दर हरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरी बुधबार साँझ पक्राउ परेका छन् । चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर...

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग
-न्युजभित्तो

काठमाडौँ, २०माघ। नेकपा एमाले०का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोडदिँदै निर्वाचन नगराउन षडयन्त्र भैराखेको आरोप समेत लगाउनुभयो...

आयोजना प्रभावितलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर
-न्युजभित्तो

काठमाडौँ, माघ २०। बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८...

भरतपुरमा उज्यालो सहर अभियान
-न्युजभित्तो

चितवन, २० माघ। महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु गरिएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो । अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर...