प्रतिनिधिसभामा एमसिसी प्रस्तावमाथि सैद्धान्तिक छलफल जारी
न्युजभित्तो/१५ फाल्गुन २०७८, आईतवार १६:२९
काठमाडौँ,१५ फाल्गुन। प्रतिनिधिसभाको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सैद्धान्तिक छलफल जारी रहेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव प्रस्तुत गरेपछि सैद्धान्तिक छलफल जारी रहेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुको नाराबाजी र ‘वेल’ घेराउबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ गरेका थिए ।
बैठकको छलफलमा भाग लिँदै नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले दुरगामी महत्व राख्ने सम्झौताका बारेमा छलफल गर्दा सबैको सहमति हुँदा उत्तम हुने उल्लेख गर्दै एमसिसी सम्झौताका विस्तृत विवरण हेरेर मात्र छलफल हुनुपर्ने धारणा व्यक्त गरे । साथै उनले एमसिसी सम्झौताका बारेमा आफू नेतृत्वको सरकारका पालामा कुनै प्रक्रिया नभएको सपष्ट पार्दै मुलुक र जनताका हितविपरीतका सर्त मान्य नहुने बताए ।
सत्तारुढ दलले एमसिसीका सम्बन्धमा गरेको व्याख्यात्मक टिप्पणीका सम्बन्धमा जिज्ञासा राख्दै उनले त्यसको कार्यान्वयन गर्ने कानूनी आधार के हुने भनी प्रश्न गरे । साथै यथास्थितिमा एमसिसी सम्झौता अनुमोदन गर्न नसकिने उनले बताए ।
नेकपा (एमाले) सांसद डा. भीमबहादुर रावलले राष्ट्रिय संवेदनशील विषयलाई संसद् बैठकको होहल्लाका बीच प्रस्तुत गरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो । उनले एमसिसीका केही प्रावधान राष्ट्रिय हितमा नभएको टिप्पणी गर्दै सो प्रस्तावमा सहमति जनाउन नसकिने बताए ।
नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङले एमसिसीका सम्बन्धमा सत्तारुढ दलहरुबीच भएको व्याख्यात्मक घोषणाकाबारे जानकारी माग गरे । यो विशुद्ध आर्थिक सहयोग परियोजना मात्र हो भन्ने निश्चित गर्नुपर्ने उनको भनाइ थियो । यस प्रस्तावमा विभिन्न दलका तर्फबाट नेताहरुले दलगत धारणा राख्ने क्रम जारी छ ।