सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा यस्तो छ बन्दको प्रभाव (हेर्नुहोस् तस्वीरमा)


  •    न्युजभित्तो/१६ फाल्गुन २०७८, सोमबार ११:३९ 
  • चितवन, १६ फागुन । विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक परेको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता आइतबार संसदबाट अनुमोदन भएपछि विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् ।

    बन्दकर्ताले नारायणगढ बजारमा प्रदर्शन गरेका छन् । ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ लेखिएको ब्यानरसहित बन्दकर्ताले नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्म शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने राजनीतिक दलका प्रमुख नेताहरू विरुद्ध बन्दकर्ताले नाराबाजी गरेका थिए ।

    मुख्य बजार क्षेत्रमा पसलहरु खुल्न सकेका छैनन् । चितवनमा लामो तथा छोटा दूरीका सार्वजनिक यातायात, मालबाहक गाडी र विद्यालय सञ्चालन हुन सकेका छैन । बैंक तथा वित्तिय संस्थाहरु एकरदुईवटा खुलेका छन् । मोटरसाइकल, अटोलगायत साना सवारी साधनहरु भने केही कम सञ्चालन भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बन्दको प्रभाव सामान्य परेको बताए । बन्दकर्ताले कतै जबरजस्ती गरेका छैनन् । अहिलेसम्मको अवस्था शान्तिपूर्ण रहेको उनले बताए । ‘अवस्था शान्तिपूर्ण नै छ । अहिलेसम्म बन्दकर्ता पनि पक्राउ परेका छैनन्’, उनले भने । (कुलप्रसाद काफ्ले/न्युज कारखाना)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.