राष्ट्रिय

तातोपानी नाकाबाट आयात शुरु

मेलम्ची । एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ । पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार...

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा आज शुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसीको मोठमा राखिएको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार...

विप्लव समूहका जिल्ला सेक्रेटरी ज्योतिनगरबाट पक्राउ

चितवन । चितवन प्रहरीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका सोलुखुम्वु जिल्ला सेक्रेटरी शिवा खड्कालाई चितवनको ज्योतिनगरबाट पक्राउ गरेको छ । लुकिछिपि बसेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं.२६ ज्योतीनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी...

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमानको कुटाइबाट मृत्यु भएको छ । श्रीमान शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, उनीहरुका...

अन्तरजातीय विवाह गर्ने जोडी विस्थापित

जाजरकोट । अन्तरजातीय विवाह गरेका जुनीचाँदे गाँउपालिका–५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन् । ठकुरीकी छोरी, दलितसँग विवाह गरेको भन्दै माइतीपक्षको धम्कीले उनीहरु विवाह गरेको चार वर्षसम्म पनि...

पतिसँग मिलेर प्रेमीको हत्या

धनगढी । कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फलटुडे, कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार पति लालबहादुर लामासँग मिलेर कल्पनाले प्रेमी अन्दाजी...

चार सय मुक्त हलिया आफ्नै घरमा बस्न पाउँदा खुशी

जाजरकोट । आफ्नो घर नभएर अर्काको शरणमा बस्दै आएका छेडागाड नगरपालिका–१३ का प्रसाद बादी अहिले घर निर्माणपछि आफ्नै घरमा बस्न थाल्नुभएको छ । आफ्नो घर नहुँदा अर्काको घरमा हलिया भएर बस्दा सधैँ हेलाको पात्र हुनुपरेको र शरीर ढिलो, थिलो...

व्यक्ति हत्याको मुद्दामा नेता सापकोटाविरुद्धको मुद्दामा प्रतिलिपि मगाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदाललते सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको मुद्दामा पूर्वमन्त्री तथा तत्कालीन माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा...

विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, दुईको मृत्यु, एक घाइते

भोजपुर । भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको मृत्यु...

चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित, १२ देखि २५ लाखसम्म बढी शुल्क असुलेको आरोप

तिलकराम रिमाल चितवन, २४ असार । नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित बनेका छन् । सरकारले तोकेभन्दा १२ लाखदेखि २५ लाख रुपैयाँसम्म बढी शुल्क कलेजले असुलेको विद्यार्थीहरुले आरोप लगाएका छन् । कलेजमा...