सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जाँदै


  •    /५ भाद्र २०७६, बिहीबार १०:५० 
  • काठमाडौँ । प्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जाँदै हुनुहुन्छ । उहाँ अपरान्ह थाइ एयरको विमानबाट सिङ्गापुर जान लाग्नुभएको हो ।

    प्रधानमन्त्री ओली चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँ गत साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गई साउन २७ गते स्वदेश फर्कनुभएको थियो ।

    प्रधानमन्त्री ओलीले मंगलबार बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू पुनः स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताउनुभएको थियो ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार यसपटकको सिङ्गापुर बसाई डेढ सातासम्म लम्बिन सक्ने अनुमान छ । सिङ्गापुरमा प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको १२ वर्षभन्दा बढी भएकोले आवश्यक परे मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकले जानकारी दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.