सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान


  •    /५ भाद्र २०७६, बिहीबार १४:१३ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि पुनः आज दिउँसो सिङ्गापुर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली थाइ एयरको विमानबाट सिङ्गापुर जानुभएको हो । प्रधानमन्त्रीको साथमा उहाँकी धर्मपत्नी राधिका शाक्यलगायत सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मी रहेका छन् ।

    प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंहले प्रधानमन्त्रीको मृगौलासम्बन्धी ‘एण्टीबडी’को मात्रा केही बढी देखिन गएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जानुभएको जानकारी दिनुभएको छ ।

    सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले प्रधानमन्त्रीको ‘मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचारसमेत गर्ने’ डा. सिंहले बताउनुभएको छ ।

    अघिल्लो पटक गएको साउन १८ देखि २७ गतेसम्म सोही अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण भएको थियो ।

       प्रधानमन्त्रीको कार्यभार पोखरेललाई

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोक्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.